Advertisement

मधुमेह वा रक्तचापका रोगीले नियमित कागुनो खाएर हेर्नुहोस”-

२०७९ भाद्र १७, शुक्रबार ०६:२१
१५६
उद्धब बञ्जारा

मधुमेह वा रक्तचापका रोगीले नियमित कागुनो खाएर हेर्नुहोस”-
कागुनी अथवा कागुनो (गुरुङ भाषामा कावनु) एक प्रकारको अन्न हो । कागुनो प्राय: फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । यसको अन्नपूर्ण क्षेत्रतिर हुन्छ । ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । विशेषता कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ । रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।