Advertisement

यी पाइलाहरु बढिरहनु सधै यसरी नै!

२०७९ भाद्र १६, बिहीबार १८:०७
२१७
Ashok Pokharel

१६ भाद्र, नागार्जुन, काठमाडौँ।।

काठमाडौँ महानगरपालिका वडा नं १५ स्थित स्वयम्भू चक्रपथमा आज दिउँसो महानगर प्रहरीले बाटोमा साइकल राखी फलफुल व्यापार गर्ने भारत बिहार मोतिहारी स्थाई घर भई हाल स्वयम्भू बस्ने अन्दाजी बर्ष  ६०को महेश सहनीलाई साइकलमा राखिएको फलफूलसहित महानगर प्रहरीको भ्यानमा राखी लगेर गएको छ। हिजो पनि यसरी नै फलफूलसहित अवैधरुपमा बाटोमा राखिएका साइकलहरुलाई लिएर गएको थियो।

” यी पाइलाहरु सधै बढी रहुन यसरी नै।”यस्ता कामले सधैं निरन्तरता पाइरहुन। धन्यवाद छ महानगरको मुहार फेर्ने सङ्कल्पका साथ अगाडि बढ्नु भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उहाँको टिमलाई। सम्भव भएमा एक ठाउँमा प्रत्येक दिन दुईपटक निरीक्षण भएमा राम्रो हुने थियो एकपटक नगर प्रहरीले लिएर जान्छ फेरी अब आज आउँदैन भनेर पुन सडकका दायाँ  बायाँ बस्ने क्रम शुरु भैहाल्छ अनि बाटो अवरुद्ध, सडक जामको श्रृंखला सुरु हुन्छ । त्यसकारण निम्न कुराहरुमा हामी सबैले ध्यान दिएमा सडक अतिक्रमणलाई दुरुत्साहित गर्दै सुन्दर, सफा ,स्वच्छ, हराभरा काठमाडौ उपत्यका बनाउन सकिने कुरामा दुईमत नहोला।

१. यो स्वयम्भू चक्रपथ एरियाको सडक अतिक्रमणका विरुद्ध निगरानी तथा खबरदारी गर्ने काम महानगरपालिकाको मात्र नभई नागार्जुन नगरपालिका वडा नम्बर ३ तथा वडा नं ५ को सिमावर्ती एरिया भएकाले महानगरपालिका वडा नम्बर १५ तथा नागार्जुन नगरपालिका वडा नं ३ तथा वडा नं ५ सबैको संयुक्त दायित्व हुनुपर्दछ। त्यसकारण सम्बन्धित एरियाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुले एकमतले साझा अवधारणा बनाएर अगाडि बढ्दा दिर्घकालीन रुपमा समस्या समाधान हुने देखिन्छ र गरिनुपर्दछ।

२. परिचयपत्र तथा नागरिकता हेरी जो ठूलो लगानी गर्न सक्दैन र त्यही सडकछेउमा ठेला ,नाङ्लो ,cycle, पानीपुरी , laughing चटपटे  आदिको व्यापार गरी आफ्नो जीविकोपार्जन गर्छन् पहिचान गरि सडकछेउमा नपर्ने गरी सार्वजनिक स्थान, चौर आदिमा निश्चित समय जस्तो कि बिहान ६ देखि ९ बजेसम्म तथा बेलुका ५ बजेदेखि ८ बजेसम्म व्यवस्था मिलाएर व्यवसाय गर्न दिने। जस्तो कि उदाहरणको रुपमा कोरोना कालमा नबिल बैंक, प्रभु बैंकको अगाडी सामाजिक दूरी कायम गरी तरकारी बजारको राम्रो व्यवस्था देखिएको थियो। कथमकदाचित त्यसरी व्यवस्था गर्न सकिएको खण्डमा हामीले व्यवसाय गर्नेहरुलाई सुरुमै चक्रपथ बढ्दा आठ लेनको काम सुरू हुदा स्वत छोड्नुपर्ने र तत्कालीन अवस्थासम्म सबैले आ-आफ्नो व्यवस्था गरिसक्नुपर्ने भन्ने कुराको अग्रिम जानकारी गराउनु पर्ने देखिन्छ।

३. राज्य तथा स्थानीय निकायले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने देखिन्छ। सटरमा व्यवसाय गरी बस्ने व्यवसायीहरुले वहाल कर र व्यवसाय कर गरी दुई प्रकारका कर राज्यलाई वर्षेनी तिरिरहेका छन्। फुटपाथ व्यवसाय गर्नेले न बहाल कर न व्यवसाय कर, खाली बाटो जाम ,जाम भएपछि सवारी इन्धनको खपत बढी, सटर व्यवसायको व्यापार अवरुद्ध ,जामले गर्दा समयमा अफिस पुग्न नसकिने समस्या emergency रोगी विरामीहरुको  लागि समयमा उपचार गर्न hospital पुर्याउन नसकिने समस्या त हुने नै भयो सडकको  कुरुपता अझै टड्कारो समस्या देखिन्छ। अझ स्पष्ट रुपमा भन्नुपर्दा तरकारी फलफूल किन्न हामी धेरैजसो नेपालीहरु यसो  मुख हेरेर खासगरी विहारी भैयाकोमा लाइन लगाएर किनिरहेका हुन्छौं । हाम्रो मानसिकतामा भैयाले सस्तो दिन्छ भन्ने भ्रम छ  त्यो चिर्नु जरुरी छ। एउटा कारण उसले कुनै प्रकारको कर तथा व्यवसायको घरभाडा तिर्नु पर्दैन । दोस्रो कारण फलफूल तथा तरकारीको भाउ प्रत्येक दिन फरक फरक हुन्छ तथा सामानको पनि वर्ग अनुसार रेट हुन्छ । उनीहरू प्रायः जुन सामान सस्ता हुन्छन् त्यसको मात्रै व्यापार गर्दछन् । तेस्रो कारण उनीहरूको रेट कहिल्यै एउटै हुँदैन एउटै साइकलमा दुईजनाले संगै सामान किन्दा पनि घटाउन सक्नेले कम तिर्छ नसक्नेले बढी तिर्छ। हाम्रा ती नेपाली दाजुभाई ,दिदीबहिनी ,बुबा आमाहरुले राखेको पसलमा बिहानदेखि बेलुकासम्म एउटै भाउ हुन्छ। यी र यस्ता कुराहरुलाई आत्मसाथ गरी नेपाल ,नेपालीपन र राष्ट्रियतालाई प्रोत्साहन गरिनुपर्दछ।

स्मरणरहोस् स्वयम्भु चोकबाट मात्रै फलफुल तरकारीमा प्रत्येक दिन घटिमा २०-२५ जना बिहारका भाईहरुले घटीमा ३/४ हजारको दरले बिना कुनै प्रकारको कर अन्दाजी एक लाख पैसा बिहार लगिरहेका छन्।

अन्तमा सडकको दायाँबायाँ गरिने विभिन्न प्रकारका ब्यवसायलाई सबैको सहकार्यमा निरुत्साहित गर्दै स्वच्छ, सुन्दर, सफा र हराभरा काठमाडौ उपत्यका बनाउन सहयोग गर्नु हामी सम्पूर्ण आम नागरीकको प्रमुख दायित्व हो।