
प्रहरी व्याटन निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०७९ भाद्र १६, बिहीबार ०८:४८
१९२

प्रहरी व्याटन निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
मिति: २०७९।०५।१५ गते ।
नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ को निरीक्षणको सिलसिलामा तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिआउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी, प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी लगायतको निरीक्षण टोलीद्धारा यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चौघडा मकवानपुरको निरीक्षण कार्य सम्पन्न भएको छ । उक्त अवसरमा कार्यालयको समग्र कामकारवाहीको बारेमा निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रभावकारी कार्यसम्पादनको लागि आवश्यक निर्देशन समेत प्रदान गरिएको थियो ।