अलमण्ड

अलमण्ड
परिचय
नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।
मधेसी बदामको गुण
मधेसी बदाम २ प्रकारका हुन्छन्, sweet / bitter. Sweet मधेसी बदाम खानको लागि उपयोग हुन्छ भने bitter मधेसी बदाम बिभिन्न बिष तथा रसायन बनाउन उपयोग गरिन्छ। Sweet मधेसी बदाममा फाइबरको मात्रा कम हुन्छ र भिटामिन इ, म्याग्नेसियम,सिलिनियम, क्यालसियमजस्ता मिनरलको मात्रा प्रचुर हुन्छ । बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । आर्युवेदमा दिनहु २ ओटा मधेसी बदाम खानेलाई कुनै पनि आखाको समस्या नहुने जनाइएको छ तथा आखाको क्षमतालाई महत्वपूर्ण सहयोग पुर्याउछ। बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । बदामलाई सिधै खानुको साथै चकलेट, केक, तेल, औषधि बनाएर पनि उपभोग गरिन्छ ।
मधेसी बदामको प्रयोग
गर्भवती अवस्थामा पोषणका रूपमाः– मधेसी बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
कोलस्ट्रोल घटाउनस् तेलजन्य फल भए पनि यसले शरिरको कोलस्ट्रोल घटाउन मद्दत पुर्याउछ साथै मुटुका लागि यो अत्यन्त उपयोगी मानिन्छ।
दिमागका लागिस् दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । भिटामिन इ, विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागिस् पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोतस्बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।
नेपालमा मधेसी बदाम खेतीको संभावना
नेपालको भौगोलिक परिवेश मधेसी बदाम खेतीलाई अत्याधिक उपयुक्त मानिन्छ। यहा ६०० मिटर भन्दा माथि करिब ३५०० मिटरसम्मका पाखाबारीमा समेत मधेसी बदाम खेती गर्न सकिन्छ। यी उचाई अन्तर्गतका क्षेत्रमा परम्परागत खेती अन्तर्गत नेपालमा हालसम्म खासै आम्दानी लिन सकिएको छैन। तराइको बाजो जमिन तथा पहाडि क्षेत्रका यस्ता प्रयोगहिन पाखाबारीहरुमा मधेसी बदाम लगाएर नेपाललाई मधेसी बदामको उधोगको रुपमा बिकास गर्न सकिन्छ। यो खेतीलाई सामुदायिक वनमा जंगली प्रविधिबाट खेती गरेर पनि आम्दानी लिन सकिन्छ।
आरु प्रजातिको यो बनस्पति सम्पूर्ण रुपमा आरुजस्तै देखिन्छ । बिश्वभरी आरु पाइने क्षेत्रमा यसको खेती गरिदै आएको छ। मधेसी बदामलाई आरुको र दष्ततभच मधेसी बदामको बोटमा कलमी पनि गरिन्छ । आरु जस्तै हलक्क बढ्ने मधेसी बदामको भारतिय कागजी र अमेरिकन एच डि वान अन्तर्गतको “शालिमार” भेराइटी विश्वप्रसिद्ध मानिन्छ।
मधेसी बदाम फल्न शुरु भएपछि २५ बर्षसम्म निरन्तर यसले उत्पादन दिन्छ। यसको बोट १० देखि २० फुटसम्म अग्लो हुन्छ तर यसलाई कटिङ गरेर सानो बनाउन पनि सकिन्छ। अमेरिकाजस्ता देशहरुमा सामान्यतया यसलाइ फागुन चैतमा खेती गरिने भए पनि नेपालजस्ता देशहरुमा पतझड जातको बनस्पति भएको कारण जाडो महिना (पौष, माघ) सबैभन्दा उपयुक्त मानिए पनि पानिको संभावना भएको ठाउमा सबै महिनामा यसको खेती गर्न सकिन्छ भने पानीको कम संभावना भएको ठाउमा बर्षायाम उपयुक्त हुन्छ। यसको उत्पादन अगस्त सेप्टेम्बरमा लिने गरिन्छ र बजारमा लैजाने काम अक्टोबर नोबेम्बरपछि गरिन्छ। फलजन्य बालीभए पनि मधेसी बदाम ड्राइ फल भएकोले बिग्रने डर हुदैन आफूलाई अनुकुल समयमा बजारमा लैजान सकिन्छ।
खेती प्रविधि
मधेसी बदाम खेती आरु फल्ने ठाउँमा गर्न सकिन्छ। त्यस्तै बिशेष गरि यो बालीको लागि खुकुलो माटो राम्रो मानिएता पनि पहाडि क्षेत्रका प्राय सबै माटोमा यो खेती गर्न सकिन्छ। पानीको लागि सिचाई सुविधा नभएपनि सरदर ८०० मिलि पानी पर्ने स्थानमा यसको खेती गर्न सकिन्छ। यसलाइ जैविक तथा गाईवस्तुको मलका साथै रासायनिक मलको प्रविधिवाट पनि खेती गर्न सकिन्छ। यो पहाडि इलाकाको घाम लाग्ने पारिलो पाखामा राम्रो खेती भएता पनि ६ घण्टा सम्म घाम लाग्ने सबै पहाडि इलाकामा यसको खेती गर्न सकिन्छ। पानी नलाग्ने पाखाहरु वा बर्षे पानीको भर पर्नु पर्ने टारहरुमा पनि मधेसी बदामको खेती गर्न सकिन्छ।
लगाउने विधि
२ र २ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने । त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
हिउँदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रोसंग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
बजार क्षेत्र
बिश्वमै अत्यन्त महँगो मानिने मधेसी बदामको बजार विश्व भरिनै निकै नै राम्रो मानिनुका साथै यसको खेतीबाट अत्यन्त ठूलो आम्दानी लिन सकिन्छ “ होलसेल प्रती किलो रु १००० देखी १२००” । नेपालले प्रत्येक बर्ष रु. ५० करोडभन्दा बढिको मधेसी बदाम खरिद गर्ने गर्दछ । यस आधारमा स्वदेशमा पनि मधेसी बदामको बजार अधिराज्यभरि नै राम्रो भरपर्दो देखिन्छ । साथै अन्तराष्ट्रिय अर्गानिक प्रमाणित गर्ने संस्थाबाट अर्गानिक प्रमाणित गराएपछि अन्तराष्ट्रिय बजारमा पनि राम्रो पकड रहनेछ । बिशेष गरेर पहाडि क्षेत्र नभएका धेरै देशहरुमा मधेसी बदामको ब्याबसायिक निकासीको संभावना ब्यापक छ ।