Advertisement

लागू औषध सहित ४ जना पक्राउ

२०७९ भाद्र १५, बुधबार १८:०७
११९
उद्धब बञ्जारा

लागू औषध सहित ४ जना पक्राउ
मिति २०७९।०५।१३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोक स्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरूको साथबाट निम्न परिमाणको लागू औषध बरामद भएको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश/ दश (१०/१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ
निम्न :-
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २२ को अजय जि.सी., जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा न.-११ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा न.-१६ दिप बस्ने वर्ष २९ को मिलन गुरुङ र जिल्ला कास्की पोखरा म.न.पा. वडा न.-१६ दिप बस्ने वर्ष ४० को सन्तोष गुरुङको साथबाट नुर्फिन ७० एम्पुल, डाईजापाम ७० एम्पुल र फेनरागन ७० एम्पुल गरी जम्मा २१० एम्पुल लागू औषध सहित फेला पारी पक्राउ/ बरामद गरेको छ
२. जिल्ला गोरखा भिमसेनथापा गा.पा. वडा नं.-३ स्थायी घर भई हाल जिल्ला चितवन रत्ननगर न.पा. नं.१३ माधबपुर बस्ने वर्ष २५ को समिर कोईरालाको साथबाट नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरि जम्मा ३०० एम्पुल लागू औषध सहित फेला परेको हुँदा निजलाई पक्राउ गरी कानूनी प्रकृया अगाडी बढाईएको छ