
इटहरी उपमहानगरपालिका आसपास बजार क्षेत्रको जथाभावी पार्किङ हटाइने
२०७९ भाद्र १३, सोमबार २०:११
९७

इटहरी उपमहानगरपालिका आसपास बजार क्षेत्रको जथाभावी पार्किङ हटाइने भएको छ । सडक आसपासको ३ सय मिटर क्षेत्र खालि गर्ने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले निर्देशन दिएका छन्। सवारी पार्किङ्ग व्यावस्थित बनाउन इटहरी उपमहानगरले पनि एक्सन लियकाे छ। विरेन्द्र चोकको तीन सय मिटर पुर्व, पश्चिम, उत्तर, दक्षिण पार्किङ्ग निधेष गरिने बताएकाे छ। भोलि देखि लागू गरिने गरि आफ्नै घर भएपनि सडकमा पार्किङ गर्न नपाइने जानकारि दिएको छ।। सडक ओगटेर गरिने ब्यापार ब्यबसाय हटाइने कुरा बताएको छ।