
निरीक्षण कार्यक्रम सम्पन्न ।
२०७९ भाद्र १२, आईतवार १७:३३
१४५

निरीक्षण कार्यक्रम सम्पन्न ।
आज मिति २०७९।०५।१२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय के.सी. ज्यूले वडा प्रहरी कार्यालय बैदामको स्थलगत अवलोकन निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भएको छ ।
निरीक्षणको क्रममा वडा प्रहरी कार्यालय बैदामको मेश, ब्यारेक, हिरासत कक्ष लगायत विभिन्न शाखाहरूको अवलोकन तथा निरीक्षण गर्नु भई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आचरण व्यवहार जनमैत्री हुनु पर्ने, सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्नु पर्ने, प्रहरी चेक जाँच, गस्ती/ पट्रोल बढाउनु पर्ने र प्रमाणमुखी अनुसन्धान गर्नु पर्ने, विषयमा निर्देशन सम्बोधन गर्नु भएको थियो ।