Advertisement

कहिले आउँछ बजारमा?

२०७९ भाद्र १२, आईतवार ०६:३५
१०२
उद्धब बञ्जारा

कहिले आउँछ बजारमा?
अनि, के तपाईं सहयोग गरिदिनु हुन्छ?
प्रकाशकका अनुसार अब २ हप्ताभित्रमा यो पुस्तक सार्वजनिक हुनेछ। यो पुस्तकमा उठाएका विषयकै आधारमा म चुनावी प्रतिष्पर्धामा उत्रिने छु।
मतदातालाई भन्नेछु: यो देशको दीर्घकालीन हितबाहेक मेरो अन्य कुनै स्वार्थ छैन। यो पुस्तकमा प्रस्तुत ‘राजनीतिक-सामाजिक’ र ‘अर्थ-राजनीतिक’ विश्लेषण मन पराइ दिनुभयो भने खुशी हुनेछु, अन्यथा, गत निर्वाचनमा जस्तै हाँसीहाँसी हार स्वीकार्ने छु।
गत निर्वाचन साथीभाइ तथा शुभेच्छुकको सहयोगबाट पारदर्शी रूपमा लडेको थिएँ। संघीय सांसद उमेदवारको चुनावी खर्च सीमा रू २५ लाख थियो। ममात्र होइन मसँगै चुनाव लड्ने प्रदेश सभाका २ उमेदवारले समेत गरेर हामीले जम्मा रू २१ लाख ५० हजार खर्च गरेका थियौँ। संकलन भएको बढी रकम मैले पार्टीलाई हस्तान्तरण गरेको थिएँ।
संसारभरी नै लोकतन्त्रमा निर्वाचन लड्ने भनेको साथीभाइ तथा शुभेच्छुकहरूबाट सहयोग लिएर नै हो। मैले निर्वाचन लड्ने क्षेत्रको हरेक घरघरमा यो पुस्तक पुऱ्याउने लक्ष्य लिएको छु। लेखकीय छुटपछि एउटा पुस्तकको मुल्य रू ३०० पर्नेछ। के केही पुस्तक तपाईं ‘स्पोन्सर’ गरिदिन सक्नुहुन्छ?
यदी तपाईं यो पुस्तकको प्रस्तावनासँग सहमत हुनहुन्छ र सानो-ठूलो सहयोग गर्न सक्ने स्थितिमा हुनुहुन्छ भने, तलको एकाउण्टमा सहयोग पठाएर यो लिन्क (https://rabindramishra.com/contact/) मार्फत मलाई जानकारी गराउन या सम्पर्क गर्न सक्नुहुनेछ। आर्थिक सहयोग गर्न नसके पनि, यो सन्देश श्यर मात्र गरिदिनुभयो भने पनि ठूलो सहयोग हुनेछ।
ब्याङ्क: लक्ष्मी ब्याङ्क
खातावालाको नाम: रवीन्द्र मिश्र
खाता नं: ००५४४००१२०२ (वचत खाता)
हात्तिसार शाखा