Advertisement

कुशे अाैँसी अर्थात जन्मदिने बुवाकाे मुख हेर्ने दिन ।

२०७९ भाद्र ११, शनिबार १४:२९
११५
उद्धब बञ्जारा
कुशे अाैँसी अर्थात जन्मदिने बुवाकाे मुख हेर्ने दिन ।
♥️
हार्दिक शुभकामना असल बाबा र छाेराहरुमा ।
♥️
,,..♥️
आज औँसी अर्थात् चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराण मासमेत वर्णन गरिएको छ । हिन्दु धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन् । गीता र वेद नै आविष्कारका जननी हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि सनातन संस्कार र व्यवहारिक पक्षलाई घनीभूत आत्मसात् गर्न थालेका छन् ।
♥️
कुशकाे बैज्ञानिक महत्व ।
♥️
एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकीरण माँझमा राख्दा कुशले सम्पूर्ण विकिरण आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रूपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्को पीढीले हिन्दु धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्दछ ।
♥️
मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
♥️
♥️अर्थात्: आमा, बुवा, गुरु सबै भगवान् हुन् । ♥️