Advertisement

हरेक नगरपालिकामा हामीले अहिले खबरदारी गर्नैपर्ने ६ महत्वपुर्ण कुराहरु

२०७९ भाद्र ११, शनिबार ०७:३२
११७
उद्धब बञ्जारा
हरेक नगरपालिकामा हामीले अहिले खबरदारी गर्नैपर्ने ६ महत्वपुर्ण कुराहरु
१ नबनिर्बाचितहरुले कस्ता कस्ता व्यक्तिहरुलाई सल्लाहकार र अन्य पदहरुमा नियुक्ति गरिरहनु भएको छ। के ति योग्य र नैतिकवान छन् ?
२ ठेक्कापट्टा तथा खरिद सम्झौताका लागि कस्ता कस्ता व्यक्ति तथा कम्पनिहरुलाई दिने प्रक्रियाहरु आगाडी बढेका छन् ? के यी सम्झौता प्रक्रियाहरु निस्पक्ष र पारदर्शी छन् ? पालिकाका हरेक काममा ५ देखि ३० प्रतिशत सम्म कमिसन लिएर मात्र काम गर्ने परिपाटीको अन्त्य गर्न के कस्ता नीतिगत सुधार को प्रयास भैरहेको छ ? के कमिसन तन्त्रको अन्त्यको लागि सम्बन्धित सरोकारवालाहरु संग छलफल तथा परामर्श हरु सुरुवात गरिएको छ ?
३ निर्बाचित भएको हरेक महिनाको उपलब्धिको बारेमा आम नागरिक लाई जानकारी गराउने के कस्तो प्रणालीको बिकास गर्दै हुनुहुन्छ ? देखिने, सुनिने तथा महसुस गरिने खालको के कस्ता कामहरुको सुरुवात गर्नु भएको छ?
४ नबनिर्बाचितहरुले आफ्नो सम्पति विवरण तथा निर्बाचन खर्च सार्बजनिक गर्नु भयो कि भएन? गर्नु भएको छैन भने त्यसलाई के कुराले रोकेको हो?
५ हाम्रो पालिका का किसान हरुले मल र बिउ समयमा पाएका छन् कि छैनन् ?
६ के हाम्रा नानीबाबुहरुले बिद्यालयमा पढ्नको लागि समयमै पुस्तक पाएका छन् कि छैनन्? CP Prakash Bhattarai