Advertisement

राष्ट्रपतिले राजिनमा दिएर भाग्न मिल्छ ?

२०७९ भाद्र १०, शुक्रबार १९:१५
१५६
उद्धब बञ्जारा

राष्ट्रपतिले राजिनमा दिएर भाग्न मिल्छ ?
यदि भाग्न मिल्छ भने ? नेपाली जनताले खाने गास काटेर कर तिरेर नेपाली सेनाको खाप्चो हेर्नालाई मात्र नेपाली जनताले नेपाली सेना पालेका हुन ?
—————————————————— यति बेला राष्ट्रघाती नागरिता विधेयकले निकै चर्चा र परिचर्चा पाएको छ। जुन चर्चा र परिचर्चाले गर्दा अब राष्ट्रपतिले कस्तो कदम चाल्न सक्छिन भन्ने चासोको बिषयले पनि उचाइ लिदै गएको देखिन्छ। यसै राष्ट्रघाती नागरिता विधेयक माथी विभिन्न कोणबाट चर्चा चुलिदै गर्दा कसैले राष्ट्रपतिले संकटकाल घोषणा गरेर राष्ट्रपतिय शासन लागु गर्नु पर्छ।
भन्ने सल्लाह र सुझाबहरु दिएको देखिन्छ भने कसैले राष्ट्रपति संग नागरिता विधेयक प्रमाणिकरण गर्ने वा पदबाट राजिनमा दिने भन्ने दुइ विकल्प बाहेक तेस्रो विकल्प छैन भन्ने तर्क गरेको देखिन्छ।

(क) संकटकाल-
राष्ट्रपतिले संकटकाल लगाउनु पर्छ भन्नेहरु राष्ट्र प्रति माया राष्ट्रभक्ति र देशप्रेम भएका व्यक्तिहरु हुन।

(ख) प्रमाणिकरण या राजिनमा-
राष्टरपतिले कि त नागरिता विधेयक प्रमाणिकरण गर्नु पर्छ कि त पदबाट राजिनमा दिनु पर्छ भनि तर्क गर्ने व्यक्तिहरु तिनै राष्ट्रघाती गद्दार दलाल र देशद्रोही जँगलीहरुको जुठोपुरो चाटेका र वौद्धिक भाषण छाटेका राष्ट्र प्रति बेइमानी गर्ने बेइमानहरुको जमात हो। त्येस्ता जमातले यहि चाहान्छन कि? राष्ट्रपति विद्या देवी भण्डारीले पदबाट राजिनमा दिउनु पर्छ।
उपराष्ट्रपति नन्दकिशोर पुनले स्थान लिनु पर्छ। राष्ट्रघाती नागरिता विधेयक पास हुनु पर्छ।
नेपाली जनता सिक्किमिकरण र फिजिकरणको शिकार भएर धरधरी रुनु पर्छ। भन्ने चाहान्छन।
तर यो कक्षा ५ मात्र अध्यान गरेको अल्प ज्ञानी पंक्तिकारले चाहान्छ र भन्छ कि?
राष्ट्रपतिले राष्ट्रघाती नागरिता विधेयक प्रमाणिकरण पनि गर्नु हुँदैन पदबाट राजिनमा दिएर भाग्नु पनि हुंदैन ।
२०७२ साल असोज ३ गते राती १२ बजे घोषणा भएको घोषणा गरेको सविधानको भाग ३० धारा २७३ अनुसार संकटकाल र सविधानको भाग ३१ धारा २७४ मा गरिएको व्यवस्था सविधान संशोधन सम्बन्धि भएता पनि विधेयक प्रमाणिकरणको धारा २७३ र सविधान संशोधनको धारा २७४ हुबहु सविधानको मर्म र भावना भए अनुसार दुबै धाराको मर्म र भावना माथी अडान कायम राखि राष्ट्रपतिले सैनिक शासनको घोषण गर्नु अति वान्छनिय र अति उत्तम देखिन्छ।

यदि सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधिनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकुल असर हुने र पर्ने गरि संसद भवन भित्रका दलालहरुले कुनै राष्ट्रघाती विधेयक अनुमोदन गरि प्रमाणिकरणका लागी राष्ट्रपतिलाई प्राप्त हुन्छ भने सकभर त राजनीति हिसाबले नै राष्ट्रपतिले सल्टाउनु पर्छ।
यदि लातको भुत बातले मान्दैन भन्ने खाले राष्ट्रघातीहरु लाई राष्ट्रपतिले सैनिक शासन लागाएर भए पनि राष्ट्र माथी आइ लागेको समस्यालाई राष्ट्रपतिले सल्टाउनु पर्छ।

राष्ट्रपतिलाई संकटकाल लगाउन पाउने सविधानमा व्यवस्था गरिएको छ।
त्येसैले नेपाली जनताले आफुले खाने गास काटेर नेपाली सेना पालेका हुन। यस्तो बिषम परिस्थिमा पनि राष्ट्रपतिले सैनिक परिचालन गरेर राष्ट्रपतिय शासन लागु गर्न छाडेर पदबाट राजिनमा दिएर भाग्ने दुस्साहस र धृष्टता राष्ट्रतिबाट हुन्छ भने? के नेपाली जनताले खाने गास काटेर तिरेको करबाट पालिएका सैनिकहरुको खाप्चो हेर्नलाई मात्र नेपाली जनताले नेपाली सेना पालेका हुन ?

भु पु सैनिक जय बहादुर ठगुन्ना
प्रवासबाट See less

Comments