
नागरिकता बिधेयक राष्ट्रको हितमा नभएको

नागरिकता बिधेयक राष्ट्रको हितमा नभएको थप उजागर गर्ने उदेश्यका साथ देशका महत्वपूर्ण ब्यक्तिहरुलाई एकै ठाउँमा राखेर आज राजधानिमा बृहत बिचार गोष्ठीको आयोजना गरिएको थियो ।
राष्ट्रपतिका सल्लाहकार लाल बाबू यादव,अख्तियार अनुसन्धान आयोगमा पुर्व मुख्य आयुक्त सुर्यनाथ उपाध्याय,वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ,सिमाबिध बुद्धि नारायण श्रेष्ठ,डा,सास्त्रदत्त पन्त,पुर्व प्रशाशक डा,द्वारिकानाथ ढुङगेल,पुर्व जर्नेल,डा,प्रेम सिङ बस्न्यात,डा. सुरेन्द्र भन्डारी,प्राध्यापक सुरेश राज चालिसे,पुर्व जर्नेल,भरत रायमाझी लगायत सयौं बुद्धिजीवीहरुले नागरिकता बिधेयक राष्ट्रको हितमा नभएको हुनाले राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने बिचार राखेका थिए ।
कार्यक्रमका सभापती राष्ट्रवादी नेता किश्वरी महत्वले राष्ट्रपति बिध्यादेवी भन्डारी राष्ट्रको पक्षमा उभिएको हुनाले बधाई दिनुपर्छ भन्नू भएको थियो ।
राजनीतिको कुनै पनि प्रकारको रंग नदेखिने गरि नेपालका बिद्धान बुद्धिजीवीले नागरिकता बिधेयक बिरुद्ध आम जनताकाविचमा जागरण ल्याउनका लागि कसरी काम सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।