Advertisement

को हो वास्तविक रोशन बर्मा ??

२०७९ भाद्र ९, बिहीबार ०५:४६
१५१
उद्धब बञ्जारा

को हो वास्तविक रोशन बर्मा ??
==> रोशन बर्मा काठमाडौ -४ को स्वतन्त्र सांसद उम्मेदवार को साथै इतिहासकै सबैभन्दा सबल,सक्षम र शक्तिशाली प्रधानमन्त्रीको दाबेदार पनि हो। आजसम्म कसैले गर्न नसकेको कपाली कागज गर्न तैयार छ रोशन बर्मा। आफुले प्रधानमन्त्री एक कार्यकाल मात्रै चलाउने र त्यही कार्यकालमा नेपाललाइ युरोप र अमेरिका झै बिकसित, सबल र शक्तिशाली बनाइसक्ने छु। वैदेशिक ऋण शून्य बनाइ अफ़्रिकि मुलुकहरूमा अनुदान पठाइसकेको हुनेछु। देशमा शिक्षा, स्वास्थ पुर्ण नि:शुल्क बनाइ सबैलाई रोजगारीको ब्यबस्था मिलाइ छुवाछूत रहित समानता सहित वास्तविक प्रजातन्त्र लागू गराइसकेको हुनेछु जहाँ नकोइ सानो न कोइ ठूलो देशका प्रत्येक नागरिक समान हैसियत का हुनेछन। र माथी भनियको कुनैपनी बुदा आफू प्रधानमन्त्री भै लागू गराउन नसके जन्ताले जहाँ चाहे त्यै फासिमा झुन्ड्याउन सक्ने र आफू हासी हासी त्यो स्वीकार गर्ने ग्यारेन्टी गर्छ रोशन बर्मा।