
हाईब्रिड मकै

नेपालमा झण्डै चार दशक अगाडी (२०४०, २०४२ देखि) बारा जिल्लामा हाईब्रिड मकैको खेति शुरु भैसकेको थियो र त्यसको merit demerit बारे निकै अन्तरक्रिया हुन्थ्यो ।
कालन्तरमा मकै मिसन एवम् नयाँ प्रबिधिहरुको प्रयोगको कारण हाईब्रिड मकैको माँग बढ्दै गएपछि NARC Rampur ले बीउ उत्पादनमा प्रयास गर्यो र केहि जात सिफारिस पनि गर्यो तर पनि कृषकस्तरमा अझै लोकपृयता पाउन बाँकी छ जस्तो लाग्छ ।
केहि दिन अगाडि एग्रोनोमिस्टहरुको “Quality Hybrid Maize Seed Production and Seed Business Management in South Asia” तालिम सम्पन्न भएको पढें । अब नेपालमा पनि उपयुक्त हाईब्रीड मकै जात बिकास हुन्छ होला भन्ने आसा छ ।
अमेरिकाको छोटो बसाईमा Sweet Corn टेस्ट गर्ने अवसर जुर्यो (तल फोटोमा देखाईएको) । अत्यधिक गुलियो को कारण मलाई लाग्यो यो कतै हल्का चिनिको झोलमा पकाएको होकि ?वास्तवमा यसको गुलियोपनाको कारण तेस्तै परे diabetes वालाले खान नहुने होकि जस्तो । अलिअलि त हाम्रो OP जातको मकै पनि गुलियो हुन्छ फ्रेस उसिनेर वा पोलेर खाँदा ।
नेपालमा पनि sweet corn टेस्ट गर्न पाए कस्तो होला भनि बीउ खोज्दै जाँदा मुस्किल ले अलिकति seed पाएं ।
Source: Min Budathoki