बाहुनलाई सबैभन्दा बढी दण्ड किन ?
२०७९ भाद्र ९, बिहीबार ०५:३५
१५८
बाहुनलाई सबैभन्दा बढी दण्ड किन ?
अपराधको (चोरी) दण्ड दिंदा राजाले यदि शूद्र हो भने उसले चोरेको सामानको ८ गुणा, क्षत्री छ भने १६ गुणा, वैश्य छ भने ६४ गुणा र यदि त्यो चोर ब्राह्मण हो भने १२८ गुणा दण्ड दिनुपर्छ र पाप पनि यही रीतले लाग्छ |
(मनुस्मृति ८/३३३-३३८)
अर्थात्, ब्राह्मण हुनु सजिलो छैन | ब्राह्मणले अपराध गर्ने हुँदैन | ब्राह्मणले अपराध गरेमा उसले अन्य सर्वसाधारण भन्दा १२८ गुणा बढी दण्ड पाउनु पर्छ किनभने ब्राह्मण असल आचरणको जीवित प्रतिमान (role model) भएको हुँदा उ क्षमायोग्य हुँदैन |
शास्त्रहरूले जन्म र कर्म दूवै आधारमा ब्राह्मणको ब्रह्मत्व तोकेको छ | जन्मका आधारमा होस् वा कर्मका आधारमा ब्राह्मणत्व प्राप्त भएपछि सदाचारको मूर्ति हुन आवश्यक शर्त हो | शास्त्रले तोकिदिएका सदाचार पालन गर्न नसक्ने व्यक्ति जन्मका आधारमा होस् अव कर्मका आधारमा ब्राह्मण रहन सक्दैन ।
ब्राह्मणलाई शास्त्रले जतिधेरै सम्मान, आदर र उच्चस्थानमा राखेका छन् त्यो साच्चिकै डाहा लाग्दो छ | सम्पूर्ण वैदिक साहित्यमा गौ र ब्राह्मणको जस्तो सम्मान ईश्वरकको पनि छैन | तेसैले इतिहासमा धेरै तपस्या गरेर भए पनि ब्राह्मणपद प्राप्त गर्न चाहनेहरू थुप्रै छन् । आफ्नो तपोवलका कारण शुद्र, वैश्य, क्षत्री तिनै वर्णमा जन्मेकाहरूले ब्राह्मणपद प्राप्त गरेका छन् |
जन्मले ब्राह्मण हुने हैन, कर्मले हुने हो, नत्र रावण ब्राह्मण ॠषिका छोरा भये पनि असुर भनेर चिनिन्छन र कुबेर पनि ब्राह्मण ॠषिका छोरा भये पनि वैश्य भनेर चिनिन्छन् । रावणलाई मार्दा रामलाई ब्रह्महत्या लागेन । त्यसकारण मनुस्मृतीमा लेखिए अनुसार सजाय दिने हो भने अहिलेका धर्म-कर्म बेचुवा बाहुनहरुले अरुले भन्दा १२८ गुना बढी सजाय पाउनुपर्छ ।
