Advertisement

मलाई गर्व छ म खाडीको लाहुरे हुनुमा…

२०७९ भाद्र ९, बिहीबार ०५:३३
९३
उद्धब बञ्जारा

———————————————
म खाडी लाउरे।👮 भन्दा सबै हाँसछन्। किन भने खाडी आउनेहरुको संख्या लाखौ छ।
१) म खाडी आउनाले पासपोर्ट अफिसका कर्मचारीहरुले जागिर पाएका छन् । अनि अफिस बाहिरका फोटो कपि गर्ने, टाइपिङ गर्ने, फोटो खिच्नेहरु ले रोजगारी पाएका छन्।
२) म खाडी आउनाले श्रम कार्यालयका कर्मचारीहरु र बाहिर बस्ने एजेन्टहरुले र बीमा कम्पनीहरुले रोजगारी पाएका छन्।
३) म खाडी आउनाले धेरै मेनपावर र तिनका कर्मचारीहरु ले रोजगारी पाएका छन्। अनि मेडिकल एजेन्सीले पनि पिसिआर, एक्सरे गर्दै रोजगारी पाएका छन्।
४) म खाडी आउनाले काठमाडौंका होटल, बस, टेक्सीले रोजगारी पाएका छन्।
५) म खाडी आउनाले एयरपोर्टका कर्मचारीहरुले र प्रहरीहरुले रोजगारी पाएका छन्।
६) म खाडी आउनाले ट्राभल एजेन्सीहरु र पाईलट/ऐरहोस्टेजहरु ले पनि रोजगारी पाएका छन्।
७) म खाडी आउनाले नेपालमा रहेका बैंकहरु ले काम पाएका छन्। साथै देशले विदेशी मुद्रा भंडार पनि पाएको छ।
८) म खाडी आउनाले मेरो घर नजिकको पसले दाईको समानहरु खूब बिक्री भएको छ । साथै मेरो छोरा छोरी पढ्ने स्कूलको शिक्षकहरु र स्कूल कर्मचारीहरुले पनि राम्रो रोजगारी पाएका छन्।
९) म खाडी आउनाले नेपालको भाट भटेनी देखि सीजी जस्ता सुपरमार्केटहरुको ब्यापार मज्जाले चलेको छ।
१०) म खाडी आउनाले भाई बैनीहरु को मोटोरसाइकिल र स्कुटर चढने रहर पुरा भएको छ जसले गर्दा शोरुम र पेट्रोल पम्प को खूब ब्यापार भएको छ।
११) म खाडी आउनाले मेरो परिवारले दशैं तिहारमा नयाँ लुगा लगाउन सक्ने भएका छन् जसले गर्दा कपडा व्यापारीहरुले राम्रो आम्दानी गरेका छन।
१२) म खाडी आएपछि घरमा तीन आखे मोबाइल पनि भित्रिएको छ जसले गर्दा घर मा वाइफाइ पनि जोडिएको छ। अनि टेलिकम कम्पनीहरुले पनि मनग्य आम्दानी गरेका छन र तिनीहरुको कर्मचारीहरुले रोजगारी पाएका छन् ।
१३) म खाडी आउनाले नेताहरुले पनि हामीले पठाएको पैसाले फोहोरी राजनीति गर्न पाएका छन् । साथै नेताहरुमा हुनु पर्ने गुण भएको मानिसहरु खाडी लाउरे भए पछि नेपालका एसएलसी फेल भएका नेताहरु पनि राजनेता भएका छन् र उनीहरुले पनि रोजगारी पाएका छन् ।
१४) यी बाहेक अरु धेरै भन्दा धेरै नेपालीहरुलाई अनगिन्ती रोजगारी दिने खाडी लाउरे नेपालीहरुको लागी ठुलो रोजगारदाता हो । खाडी लाहुरे कुनै साधारण मानिस होइन। यस अर्थमा ३ करोड नेपालीको चुलो बाल्ने काम नै खाडी लाउरेले गरेको छ।
१५) त्यसैले सबैलाई अनुरोध छ – खाडी लाउरेको शक्ति र महत्वलाई बुझ्नु होस् र हेला नगर्नुहोस ।
मलाई गर्व छ म खाडीको लाहुरे हुनुमा…
————————————