
ड्रागन फ्रुट

“भोजपुरमा शम्भु प्रसाद नेपाल ड्रागन फ्रुट खेतीमा रमाउदै”- भोजपुर टेम्केमैयुम गाउँपालिका ८ गोगनेका शम्भु प्रसाद नेपाल अहिले व्यावसायिक कृषि कर्ममा रमाएका छन । दानाबोटे फलफुल तथा कृषि र्फम दर्ता गरेका नेपालले बारीमा अहिले कागती,ड्रागन फल लगायतका फलफुल लगाएका छन । कुनै बेला आफैले छाडेर शहर पसेका शम्भुले फर्केर व्यावसायिक कृषि कर्म थालेका हुन । नेपालमा राम्रो बजार रहेको कागती खेती थालेका उनले आम्दानी समेत लिन थालि सकेका छन । एउटा बोटबाट एक हजार हजारसम्म कागती उत्पादन हुन थालेको छ ।
धान फलिरहेको खेत मासेर कागती लगाएको उनको खेत अहिले बगानमा परिणत भएको छ । अमिलो कागती खेतीबाट मिठो आम्दानी लिन थालिसकेका नेपालको बगानमा अहिले कागती खेती हेर्न आउनेहरुको क्रम बढेका छन । कागतीको साथमा उनले ड्रागनफ्रुटको पनि खेती गरेका छन । करिब ४३ रोपनि जग्गामा १ हजार कागतीका विरुवा छन । हाल ८ सय वढि बोटबाट आम्दानी लिन थालिसकेका छन । कागती संगै करिब ४ हजार ड्रागन फलको विरुवा लगाउने काम समेत नेपालको फर्ममा धमाधम छ । यसका लागि आवश्यक पुर्वाधार तयार गरि सकेका छन नेपालले । यस अघि नै ३ सय बोट ड्रागन फुट पनि लगाएका नेपालले आगामि तीन वर्षमा आम्दानी लिन सकिने बताए । प्रति पोल बाट २० केजि फल लेनि सोच गरेका नेपालले दुई हजार पोल बाट वार्षिक ८० लाख हाराहारी आम्दानि हुने अपेक्षा गरेका छ । मैले बजारमा उत्पादन ल्याउदा स्याउको जति मुल्य अर्थात २ सयमा बेच्न सके भने हुन्छ नेपालले भने बजारमा यसको माग राम्रो छ यसका लागि हावापानि पनि राम्रो छ । कागतीको विरुवाको समेत माग हुदै आएकोले अवको दिनको कागतीको विरुवा समेत उत्पादन गर्ने नेपालले बताए ।
२०४७ सालमा बिराटनगर बसाइ सरेका नेपालले गाउँमा नै केहि गर्ने सोच बनाएर ७० सालमा पाहाड फर्किएका थिए । गाउँका मान्छेले सहरबाट गाउँमा आएकोमा कुरा समेत काटे तर आज नेपालले लाखौ आम्दानी लिन थालेपछि भने उनको सिको अरुले पनि गर्न थालेका छन । यो वर्ष १० लाखको कागति बेचेका नेपालले आगामि वर्ष १५ लाख बराबरेको कागती बेच्ने लक्ष्य लिएका छन । उनले तेह्रथुमे जातका कागती लगाएका हुन ।
व्यावसायिक कृषि कर्ममा लागेका सम्भु नेपालको सोच अव भोजपुरको दूध लाई सहर पठाउने समेत रहेको छ । यसका लागि जिल्लाका विभिन्न ठाउँमा दूध संकलन केन्द्र स्थापना गरि दुधको गाडि मार्फत दूधलाई सहर पठाउने सोच रहेको छ । गाउँमा समृद्धि ल्याउनका लागि गाउँमा रहेको कृषकले उत्पादन गर्ने दूधलाई सहर पठाउने सोच रहेको छ । यसका लागि टेम्केमैयुम गाउँपालिका ,भोजपुर नगरपालिका ,पौवादुम्मा गाउँपालिका र अरुण गाउँपालिकामा संकलन केन्द्र राख्ने सोच रहेको बताए । यसबाट दैनिक संकलन भएको दूध गाडीमार्फत सहर पठाइने छ । यसको व्यवस्थापनको अगुवाई भने गोगने दूग्ध उत्पादक सहकारीले गरिरहेको छ । यस मार्फत तत्काल ४ सय ५० जना कृषकको घरको दूध संकलन गरिनेछ । यसका लागि स्थानीय तहको सहयोग पनि लिइने उनले बताए । गाउँमा खेर गइरहेको दूध बजारमा जादा मासिक २२ लाख जिल्लामा भित्रिने नेपालले बताए ।
तस्वीर तथा जानकारी – बिनि नेपाल/भोजपुर