
एउटा राजा फालेर हजारौ राजा बनाउने नेपाली!
१.एउटा राजा फालेर हजारौ राजा बनाउने नेपाली!
२.धर्म संस्कृती मासेर बिदेशिको धर्म संस्कृति भित्र्याउने नेपाली
३.सिङ्गो मुलुकलाई कित्ताकाट गरि टुक्राटुक्रा बनाउने नेपाली!
४.जडिबुटी बेचेर आयुर्वेदिक अस्पताल मासेर सरकारी
अस्पताल छोडेर महङ्गो प्राइभेट हस्पिटल प्रयोग गर्ने नेपाली !
५.भएको उद्योगधन्दा कल-कारखाना मासेर भएको खेतबारि
बेचेर खाडी मुलुक भासिने नेपाली!
६.धेरै उब्जनी गर्ने लोभमा हाइब्रेड बिउहरु भित्र्याएर जग्गा
जमिनलाई क्यान्सर बनाइ मल पाइएन भने रुने नेपाली!
७.आफ्नो देशमा भएको रुख काठ कुहाएर घर भवन आदि
बनाउदा आल्मुनियमको झ्याल ढोका हाल्ने नेपाली!
८.पानी नै पानी भएको देशमा ट्याङ्करको ३/४ हजार,जारको
५०/६० बोतलको २५/३० मा पानी किनि खाने नेपाली!
९.आफ्नो देशमा भएको गाँजा माँसेर हिरोइन ब्राउनसुगर
अन्य लागू औषध चिजहरु किनि खाने नेपाली!
१०.छुर्पी बेचेर गुट्का किनि खाने नेपाली!
११.कोदो गहु फापर बेचेर चामल किनि खाने नेपाली!
१२.भिर माहुरीको मह बेचेर जाम किनि खाने नेपाली!
१३.जुम्ला,मुस्ताङ्गको सिमि बेचेर स्वायबिन(भट्मासको छोक्रा)
किनि खाने नेपाली!
१४.भेडाको उन बेचेर जुटको गलैचा किन्ने नेपाली!
१५.दुध बेचेर बियर क्यान जुस पिउने नेपाली!
१६.कोदोको लोकल रक्सि छोडेर बिदेशी बिषालु रक्सी पिउने
नेपालि!
१७. ढलान गरेको घर भएपनी बेचेर युरोप अमेरिका जानुपर्ने
नेपाली!
१८.लहिनो भैंसी बेचेर महङ्गो मोबाइल बोक्नु पर्ने नेपाली !
१९.आफ्नो देशमा भएको फलफुल तरकारी कुहाएर युगण्डा
चीन भारत देशबाट फलफुल तरकारी किनिखाने नेपाली!
२०.सामाजिक संजालमा आफै वकिल आफै न्यायाधीश बन्ने
नेपालि !
२१.एक बोतल रक्सि र २ चोक्टा मासुमा गणतन्त्र जिन्दावाद
नेता जिन्दावाद भन्दै घोक्रो फुटुन्जेल कराउने नेपाली !
यस्तो नेपाली भएसम्म कसरी बन्छ देश,कि कसो हो ?