साम्पाङ ज्युले बुझ्नु पर्ने कुराहरु, सबै कुराहरु भौतिक श्रम बाट मात्र सिद्ध हुँदैनन,
२०७९ भाद्र ८, बुधबार ०५:२६
८५

साम्पाङ ज्युले बुझ्नु पर्ने कुराहरु, सबै कुराहरु भौतिक श्रम बाट मात्र सिद्ध हुँदैनन, कति विषयहरु कुटनैतिक विशेष हुन्छन ।
काठमाण्डौको फोहोर उठाउनमा होईन तर विसर्जन गर्नमा समस्या आएको हो । विसर्जन स्थलमा श्रम होईन तर बलियो कुटनिती चाहिएको छ ।
धरान केन्द्रित हुनुहोस । बालेनको पछि दौडिएर तपाईं प्रतिको हाम्रो सम्मान र आशालाई चोट नपुर्याउनुहोस ।
धरान र काठ्माण्डौका समस्या प्रवृत्ति उस्तै छैनन । धरान एक छ तर काठमाण्डौ अनेकौं छ ।
शारीरिक बल मात्रले पुग्दैन विवेकी पनि हुनुहोस ।
हेक्का राख्नुस, बालेन प्रती तपाईले कटाक्ष हान्नु भन्दा पहिले बालेन तपाईको बारेमा कहिले तेसरी बोलेका थिएनन ।
तपाईले कमाउनुभएको सुन्दर नामलाई आफ्नो जिब्रोले ध्वास्त नपार्नुहोस ।
तपाईं प्रतिको हाम्रो सम्मान यथावत छ ❤️🙏