Advertisement

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न ।

२०७९ भाद्र ७, मंगलवार ०५:३०
१०३
उद्धब बञ्जारा

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न ।
—————————————————-
पोखरा, भाद्र- ०६
गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१ वर्षे कार्ययोजना-२०७९/०८०” सम्बन्धी कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक जोशीले पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलयका प्रमुखहरुसंग भौतिक उपस्थितिमा हस्ताक्षर गर्नुभयो भने उपत्यका बाहिरका सबै जिल्ला प्रहरी कार्यालय, विशेष सुरक्षा प्रहरी गण, नेपाल प्रहरी स्कुल तथा विपद् व्यबस्थापन गुल्म बाग्लुङ लगायतका कार्यलय प्रमुखहरुसंग भिडियो कन्फेरेन्स मार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत र व्यवस्थित बनाउन लक्ष्य निर्धारण गरी कार्यसम्पादन सम्झौता अनुरुप काम गर्दा संगठनको सुदृढिकरण साथै परिणाममुखी प्रहरी सेवा प्रवाह गर्न मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।
साथै, कार्यसम्पादनका क्रममा सेवाग्राहीलाई आचरणयुक्त र शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिनुहुँदै प्रहरीबाट हुने कुनै पनि गैह्र व्यवसायीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।
शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कारवाहिमा चुस्तता, समुदाय प्रहरी साझेदारी कार्यक्रम बिस्तार, फैसला कार्यान्वयनमा प्रभावकारीता लगायतका बिबिध लक्ष्य निर्धारण गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्य-सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको “कार्य सम्पादन सम्झौता पत्र २०७९” मा समेत प्रदेश प्रहरी प्रमुखसंग हस्ताक्षर भइसकेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।