Advertisement

श्री कृष्णको नाम किन बारम्बार १६१०० गोपीनीहरुसँग जोडिन्छ ?

२०७९ भाद्र ६, सोमबार १२:१७
१३८
उद्धब बञ्जारा
श्री कृष्णको नाम किन बारम्बार १६१०० गोपीनीहरुसँग जोडिन्छ ?
“यो त कृष्ण जस्तै छ”, अर्थात यसको आजभोली संगत धेरै केटीहरुसँग छ भन्ने बुझिन्छ । के तपाईलाई थाहा छ किन कृष्णको नाम यसरी बदनाम गरिदै छ ?
विआर Chopra निर्माता रहेको माहाभारत टेली सिरियलमा यसको सत्य कथा उल्लेख गरिएको छ । नर्कासुर नामक एक असुरले माता अदितीको कुण्डल र बरुण देवको छत्र लगाएर कुमारी कन्याहरुलाई आफ्नो यौन प्यास मेटाउने माध्यम बनाएका थिए । यहि क्रममा नर्कासुरले १६१०० गोपीनीहरु हरण गरेर आफ्नो स्थानमा लगेका थिए । यो घटना कृष्णले थाहा पाएपछी, उनी आफ्नी पत्नी सत्यभमा लगायत सेनाहरुको टोली सहित उनी गोपीनीहरुलाई हरणमुक्त र असुरको फन्दाबाट बचाउन जान्छन् ।
नर्कासुर र कृष्णको भिषण युद्द हुन्छ । कृष्णले नर्कासुरको बध गरिदिन्छन् र कन्याहरुलाई हरणमुक्त के मात्र गराएका थिए, उनिहरुले आफ्नो परिचय हरण भएको र आफुहरु शुन्य जस्तै भएको पिडा कृष्ण समक्ष राख्छन् । कन्याहरुले आफु हरण भएपछी समाजले स्विकार कसरी गर्छ भन्ने लगायतका प्रश्नहरु तथा आफुहरुको ईज्जत अब समाजले नगर्ने पिडा कृष्णलाई सुनाउछन् । यि पिडाहरु सुनेर कृष्ण निकै भावुक हन्छन् । कृष्णले उनिरुमाथि कसैले पनि औला नउठाओस् भन्ने मनसायले उनिहरुलाई आफ्नो पत्नी बनाउछन् र यसरी हरण भएका १६१०० गोपीनीहरु कृष्णको श्रीमती बनेका थिए । कृष्णको श्रीमती बनेपछी हरणमुक्त भएका तिनीहरुको ईज्जत माथी कसैले प्रश्न गरेनन् र यही दिनदेखी कृष्णको नाम सधैँ १६१०० गोपीनीहरुसँग जोडीरह्यो तर आधुनिक समाजले कृष्णले महिलाको अस्मिता जोगाउन गरेको यस कार्यलाई अनर्थ लगायो र कृष्णलाई १६१०० गोपीनीहरुको नाम जोडेर जिस्काइरहे ।