प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषदको सेवा कार्य अन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालज्यू, राष्ट्रिय महासचिव छितराज न्यौपानेज्यू, बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतज्यू, शारदा माध्यमिक विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीज्यू, ४ नम्बर वाडा वाडाध्यक्ष शेखरबहादुर भण्डारीज्यू , बाग्मती प्रदेश सचिव सुरेन्द्र भट्टराईज्यू , त्रिभुवन विश्वविद्यालय इकाई समिति सह सचिव निरन्जन पाठकज्यू लगायतको उपस्थित रहेको थियो ।