
|| अभिभावकका पीडा ||
|| अभिभावकका पीडा ||
साउनमा Green day ! भदौमा Yellow day ! तिजमा Red day !वर्षमा १२ महिना अनि १२ color day रे !
वर्षभरी आउने चाडपर्वको त कुरै छोडौं । जुन दिन जे आउँछ सोही अनुरुपको पोसाक रे ! हैन आजकल यो स्कुलको शिक्षा प्रणाली के विधि महँगो हो ? अनि यति विध्न तडकभडक !
एउटा रङको बारेमा जानकारी दिन, एउटा पर्वको बारेमा ज्ञान दिन सिङ्गो पोसाक नै पहिरिनु पर्ने यो कस्तो खर्चिलो शिक्षा हो ? आकर्षक देखिन्छ भन्दैमा सिकाइमा यति सम्मको विकृति जोडन पाइन्छ र ? यसरी चटक नगरी के विद्यार्थीले सिक्नै नसक्ने हुन् र ? कि विद्यालयले वा शिक्षकले सिकाउनै नसक्ने हुन् ? हामीले रङ, चाडपर्व, संस्कृतिको चिनारी दिँदै छौं कि फलानो दिन फलानो रङ र फलानो डिजाइनको पहिरन लगाउनै पर्छ भन्ने प्रेसर ?
अझै फेरि भनेका हुन्छन् – हुनेले लगाउँदा भयो नहुनेले पर्दैन रे !तिनीहरुलाई के थाहा ती केटाकेटीले कति सम्म पिर्छन घरमा बा आमालाई ! नलगाई जाँदा नि विद्यालयमा आफूमात्र बेमेल देखिने !
ज्ञान दिनको लागि हामीसँग अथाह प्राकृतिक भण्डार छ भन्ने कुरा विद्यालय अनि सिकाउने व्यक्तिहरुले विर्सिनु भाको पो होकि ? अन्ततः सिकाइमा साधन अपरिहार्य छ तर सिकाइ भनेको साधन नै चाहिँ हैन है !
-स्वस्तिका राउत, लुभु, ललितपुर ।