Advertisement

क्रुरताको पराकाष्ठा

२०७९ भाद्र ६, सोमबार १२:०९
१५४
उद्धब बञ्जारा

क्रुरताको पराकाष्ठा😢😢
एक मुट्ठी सास फेर्न देउ उसलाई।
जिउँदोको आभास हुन देउ उसलाई।।
यातनाको रित कसले चलायो?।
देखि यिनलाई आँखा रसाएर आयो।।
मारिनु त एकदिन छदैछ यिनले।
बाचुन्जेल जिउननि पाएनन यिनले।।
हत्या को पर्व कसले चलायो?
सम्झेरै मुटु कामेर आयो।।
बुझिनसक्नु धर्म र सन्सकार।
सहि नसक्नु मानवता व्यवहार।।
प्राणीलाई बस्तु कसले बनायो?
क्रूरताको ब्यापार सर्वत्र छायो।।
छोडी देउ हत्या खोलिदेउ बन्धन।
बाचेको आभास गर्न पाउन यिनले।।
मानवमा दानवता कसरी छायो??
आस्था र भरोसा नै टुटेर आयो।।
मानवता माथिको आस्था र भरोसा नै टुटेर आयो😊😊
रेखा पाण्डे: २०७९/भाद्र/०३; कृष्ण जन्माष्टमि।।