
कृष्णका अनुयायीहरूमा शुभकामना !
२०७९ भाद्र ४, शनिबार ०८:४८
१५४

एक एेतिहासिक चरित्र र घटनालाई धार्मिकीकरण गर्ने क्रममा कतिसम्म बंग्याइन्छ, थपिन्छ, लुकाइन्छ र अनुकुल बनाएर प्रस्तुत गरिन्छ भन्ने कुराकाे ज्वलन्त उदाहरण हाे, कृष्ण । अाज कृष्ण जन्माष्टमी । एेतिहासिक चर्चा गर्दा धर्मभीरूबाट अवगाल नै पाइन्छ । यता इतिहासका अध्येताहरू कृष्णलाई इतिहासकाे विषयवस्तु मान्दैनन् । धर्मभीरूहरू कथाकहानीलाई नै इतिहास ठानिरहेकाे अवस्था छ । म इतिहासकाे विद्यार्थी । कृष्णकालिन परिवेश नियालिरहेकाे छु । इतिहासका कुराहरू निफन्न खाेजिरहेकाे छु । इतिहासमा सत्य, त्रेता, द्वापर र कली भेटिन्न । तर मिथकीकरणबाट अभिसप्त कृष्ण देखिरहेकाे छु । अाए अाँप गए झटाराे । कृष्णका अनुयायीहरूमा शुभकामना !