खसीबजार हटाउन लागिएको महानगरले जनाएको छ ।
२०७९ भाद्र ३, शुक्रबार ०७:०४
६३

काठमाडौं महानगरपालिकाले कलंकीस्थित बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार १५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको छ । खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले जनाएको छ ।