बौद्ध लामाहरुले रक्षाबन्धन बाध्न किन नहुने ?

बौद्ध लामाहरुले रक्षाबन्धन बाध्न किन नहुने ?
नेपाल हिन्दु, बौद्ध तथा किराँत धर्म रहेको देश हो । यो देशको मौलिक चिनारी नै यिनै धर्ममा आधारित छ । धार्मिक सहिष्णुता भनेको यहि नै हो । धर्मले सहि संस्कार सिकाउछ । सामाजिक सद्भाव, आपसीक भाइचारा तथा विश्वबन्धुत्व कायम राख्न मद्दत गर्छ । विश्वका अनेकौं मुलुकमा धर्मका नाममा आन्तरिक द्वन्द चलिरहेको, सामाजिक द्वेष बढेको, अन्तरकलह बढेको, गृहयुद्ध मच्चिएको अवस्थामा नेपालमा त्यसको प्रभाव नपर्नुको मुख्य कारण यहि नै हो । किनकि नेपालमा अझैपनी सामाजिक सद्भाव खल्वलिएको छैन । धर्मका नाममा गाउँ बस्ती भित्र आपसीक सम्बन्ध बिग्रेको छैन । अझै पनि नेपालीहरुमा दया, धर्म र मानवता मरेको छैन । एकले अर्को धर्मप्रति गर्ने सम्मान घटेको छैन । बेलाबेलामा छिमेकी मुलुकसम्म आइसकेको धार्मिक द्वन्द नेपाल भित्र प्रवेश गर्न नसक्नुको मुख्य कारण यहि नै हो । हामी हिन्दु धर्मसंग आस्था राख्नेहरु पनि लुम्बिनी, नवबुद्ध तथा स्वयम्भू पुगेर बुद्धलाई ढोग्छौं भने बौद्ध धर्मावलम्बीले पशुपति पुगेर रक्षा बन्धन बाध्न किन नहुने ? आखिर बुद्ध पनि सनातन धर्म भन्दा पर छैन । किनकि बुद्धको बाबुआमाले मान्ने धर्म सनातन धर्म नै थियो । बुद्ध त संसार देखि विरक्तिएर शान्तीको मार्ग खोज्दै साधनारुपि तपस्या गर्न हिडेका ब्यक्ति हुन् । साधनाको शक्ति बाटै बुद्धत्व प्राप्त गर्न सफल भएका हुन् । अब प्रश्न यो आउँछ कि बुद्धले कसको तपस्या (ध्यान) गरेर बुद्धत्व प्राप्त गरे ? कसको आराधना गरे ? उनलाई बुद्धत्व वा ब्रम्हज्ञान दिने अलौकिक शक्ति कुन थियो ? जुन अलौकिक शक्तिका कारण सिद्धार्थ गौतम ‘बुद्ध’ बने त्यो अलौकिक शक्ति वा त्यो परमात्मा नै संसारको पालनहार हुन् । त्यसैले हिन्दू र बौद्ध सनातन धर्मबाट अलग छैनन् । त्यस्तै नेपालको अर्को मौलिक धर्म भनेको किराँत धर्म पनि हो । किराँत धर्मावलम्बीले प्रकृतीको पुजा गर्छन् र मुन्धुम मान्छन । सनातनीहरुले पनि आकाश, वायु, अग्नी, जल तथा पृथ्वी पंचमहाभुतको पुजा गर्छन् । अझ गहिरिएर हेर्ने हो भने कुकुर, काग, गाई, सर्प जस्ता प्रकृतीमा रहने जीव जन्तुको समेत पुजा गर्छन् । देउरालीमा फुलपाती चढाउछ्न । धर्तीको माटोलाई आमा सरह मान्छ्न । यिनै कारणहरुले गर्दा सनातन धर्मसंग किराँत संस्कृति पनि मिल्दछ । यिनै कारणले गर्दा समाजमा आपसीक भाइचारा कायम रहन्छ । तर आजकल केही नास्तिक, कथित महान क्रान्तिकारी, कथित सामाजिक अभियान्ता तथा मिसनरीका दलालहरु यो सम्बन्ध खल्बल्याउन र धार्मिक द्वन्द फैलाउन लागिपरेका छन् । यो बुझ्न जरुरी छ ।
✍️ गोपाल पाल्पाली आचार्य