
फोहर ब्यवस्थापन यसरी प्रभावकारी बनाउन गर्न सकिन्छ-

फोहर ब्यवस्थापन यसरी प्रभावकारी बनाउन गर्न सकिन्छ-
१. सिसडोलमा दुर्गन्ध हटाउन र हरियाली बनाएर माटो प्रदूषणमुक्त बनाउन तुरून्तै भोटिभर घॉस (खसखस) रोपिहाल्ने, यसको जिम्मा Shyam Goenka र Shreekamal Dwivedi श्रीकमल द्विवेदी जीहरूले लिन सक्नुहुन्छ। यो घॉसले २ महिनाभित्र सिसडोल चिन्न नसकिने गरी प्रदूषणमुक्त र हरियाली हुनेछ।
२. सडक छेउछाउमा भेटिभर घॉस रोपेर भुक्षय र पहिरो रोक्ने,यसबाट धूलो प्रदूषण र माटो बगाउने काम रोक्नेछ।
३. यो भेटिभर घॉस हुर्काउदै यसबाट औद्योगिक उपयोग गरेर आयआर्जन गर्न स्थानीयलाई जिम्मा दिने,
४. सबै थोक तरकारी पसल र रेष्टुरेन्टले कुहिने फोहरबाट ७ घंटाभित्र मल बनाउने उपकरण अनिवार्य राख्नुपर्ने, यसका लागि महानगरले केही अप्रत्यक्ष सहुलियत दिने घोषणा गर्ने,
५. कृषि सामाग्री संस्थानसंग सम्झौता गरेर कम्पोष्ट मल किनिदिने र वितरण गर्ने ब्यवस्था गर्ने,
६. हेटौँडामा बिकसित गरिएको विश्वभरि निर्यात भइरहेको फोहरबाट उर्जा र मल बनाउने मेशिनलाई केही स्थानमा परीक्षण प्रयोग गर्ने, यसका लागि उद्योगी एडभान्स टेक एण्ड मसिनका प्रमूख कृष्ण खतिवडा जीसंग सहमति गर्ने,
७. प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा सरोकारवाला समावेश गरी फोहर ब्यवस्थापन समिति गठन गरेर वडास्तरमा फोहरको संकलन र सफाई गर्ने गराउने।
८. अस्पताल र ठूला होटेलहरूले आफ्नो फोहर आफै उपकरण जडान गरेर वा कसैलाई आउटसोर्सिंग गरेर बिसर्जन गर्ने ब्यवस्था मिलाउनुपर्ने।
Balen Shah