
रोट के हो? कसरी बनाइन्छ?
२०७९ भाद्र १, बुधबार १२:२०
१२०

गोरखा दरबारमा रोट बनाइँदै।
रोट के हो? कसरी बनाइन्छ?
गहुँ, जौ र चामलको पिठोबाट रोट बनाउन प्रयोग गरिन्छ। विभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाइन्छ।
रोटमा जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाइन्छ। गोरखनाथका नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स-सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन्।
गोरखामा रोट महोत्सव पनि हुने गर्छ। तत्कालीन राजा पृथ्वीनारायण शाहका सेनाहरूले रोट खाने गर्दथे भन्ने इतिहास छ।
तस्बिर: Rajan Raj Panta