निहारिका र शिबराज को बारेमा।
२०७९ भाद्र १, बुधबार ०६:५९
१४४

निहारिका र शिबराज को बारेमा।
Stealthing ( आफ्नो sex partner को जानकारी बिना कण्डम निकाल्नु) लाई पनि बलात्कार भनिने गरेको छ। सहमतिमा राखिएको यौन सम्बन्ध केही समय पछि बलात्कारमा परिणत गराइएका थुप्रै घटना हरु छन। हामिले तस्विर मात्र हेरेर निर्क्यौल गर्न त सक्दैनौ तर तलका फोटोहरु हेर्दा उनी सम्बन्धमा खुशी नै देखिएकी छन(कमसेकम फोटो खिच्दा)। गर्भधारण गरेको अवस्थामा पनि उनी त्यो गर्भ प्रती गर्व नै गरेको देखिन्छ। तर पछि के भयो?
उनले पुर्ण रुपले यो प्रक्रियालाई बलात्कार भनिन र न्यायको लागि सडकमा आइन। अदालतले बलात्कार मानेन।
ब्यवहारिकता नै हेर्ने हो भने पनि बच्चा भइ सके पछि बच्चाको बाबुले जिम्मा लिनै पर्छ तर त्यो बच्चाको जिम्मा लिइएको अवस्था छैन, अब बलात्कार गरेर गर्भवती बनाएको भन्ने आधार नभए पनि बच्चा उनले भनेकै मान्छेको भने हुन सक्छ। जम्मा DNA परिक्षण चाहिँ सरकारले गराउन नै पर्छ र ती आमा बाबुको सम्बन्धको गलत परिणामको रुपमा त्यो अबोध बच्चाले दुख भने पाउन हुन्न। बाध्यात्मक गर्भपतन गराउन कसैलाइ दवाब दिन मिल्दैन, यदि शिबको बच्चा हो भन्ने प्रमाणित हुन्छ भने, त्यो बच्चाको जिम्म लिन लगाउन नै पर्छ। तथापी बलात्कार शब्दलाइ यति कमजोर भने बनाउन कोहि नलागौ।
बलात्कार हत्या भन्दा जघन्य अपराध हो। हरेक यौन सम्पर्कलाइ पछि आवश्यकता अनुरुप बलात्कार भन्दै परिभाषित गर्दा निर्मला पन्तहरुको घटना सतही हुन्छ।
यौन शिक्षाको बारेमा खुलेर बोलौ, आफ्नो घरमा पनि बुझाऔ। अहिलेको लाजले जीवन साफ बनाउन सक्छ।
तस्वीरले पनि केही चाहिँ बताउछ।