कांग्रेसले दियो जनप्रतिनिधिलाई प्रशिक्षण .
२०७९ श्रावण ३०, सोमबार १९:२६
९३

कांग्रेसले दियो जनप्रतिनिधिलाई प्रशिक्षण .
नेपाली कांग्रेसले गत स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालनलगायत विषयमा आजदेखि प्रशिक्षण दिएको छ।
ललितपुरको हेरिटेज होटलमा प्रशिक्षण चलेको छ। गोरखाका पालिकाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष पनि प्रशिक्षणमा सहभागी छन्। प्रशिक्षण मंगलबारसम्म चल्नेछ।
प्रशिक्षण कार्यक्रम सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उनले गठबन्धन गरेर मंसिर ४ को चुनावमा जाने बताएका थिए।
उनले जनताका काम प्राथमिकताका साथ गर्न र टिकट माग्दै नआउन आग्रह गरेका थिए। न्यायोचित ढंगले टिकट वितरण गरिने उनले बताए।