Advertisement

मैले समयमा नै बाटो मोडेको भए ।”

२०७९ श्रावण ३०, सोमबार ११:५२
१३७
उद्धब बञ्जारा

एकजना शिक्षक विधार्थीहरुलाइ केही सिकाइरहेका थिए । उनले एउटा सानो भाँडोमा पानी भरे र त्यसमा एउटा भ्यागुता हालीदिए , पानीमा हाल्ने बित्तिकै भ्यागुता आरामले पानीमा खेल्न थाल्छ । अब त्यो भाँडोलाई ग्यासमा राखे र तलबाट तताउन शुरु गरे । त्यसपछि जब जब भाँडाको तापक्रम बढ्दै जान्थ्यो भ्यागुताले आफ्नो शरीरलाई पनि त्यसरी नै Adjust गरिरहन्थ्यो र त्यही भाँडामा मजाले बसिरहन्थ्यो । बिस्तारै बिस्तारै तापक्रम बढ्न शुरु गर्यो ।
पानी तात्दै जाँदा एउटा समय यस्तो पनि आयो कि पानी अति नै तातो भएर उम्लिन थाल्दा भ्यागुताको क्षमताले भ्याएन । अब
भाँडामा बसिराख्नु सम्भव पनि थिएन । भाँडाबाट बाहिर निस्कनलाई भ्यागुताले छलाङ त लगायो तर अपशोच ऊ सफल भएन ,
भ्यागुताले आफ्नो पुरै ताकत लगाए पनि भाँडाबाट बाहिर निस्कन सकिरहेको थिएन किनकी उसले आफ्नो शरीरको तापक्रम Adjust
गर्नमा नै सबै ताकत पहिले नै गुमाइसकेको थियो । केहि समय पानीमा छटपटाए पछि भ्यागुताले प्राण त्यागिदियो । अब विधार्थीहरुलाई शिक्षकले सोधे कि त्यो भ्यागुतालाई कसले मार्यो ?
विधार्थीहरुले एकै स्वरमा भने ” तातो पानी ले सर “तर शिक्षकले बताए” भ्यागुता तातो पानीले नभई ऊ आफ्नै सोचको कारणले मरेको हो, जब भ्यागुतालाई उफ्रियर बाहिर निस्कन आवश्यकता थियो त्यो समयमा उसले तापमान Adjust गर्नमा नै लागिरहयो । उसले आफ्नो क्षमतालाई गलत ठाउँमा प्रयोग गर्यो तर जब
तापक्रम धेरै नै भैसकेको थियो तबसम्म उ निकै नै कमजोर बनिसकेको थियो । भाँडोबाट उफ्रिएर बाहिर निस्कने उपयुक्त समय चिन्न नसक्नु नै उसको मिर्त्यु को कारण बन्यो । यहि त हामी सबैको जिवनको कहानी हो , हामी आफ्नो परीस्थितिहरुसित सँधै
सम्झौता गर्नमा लागिरहन्छौ । परीस्थितिबाट बाहिर निस्कन प्रयास
गर्दैनौ त्यससित सम्झौता मात्र गर्न सिक्छौ र सारा उर्जाशील जीवन त्यसरी नै बिताइदिन्छौ । तर जब परीस्थीतिले हामीलाई नराम्रो तरीकाले कुनै विकल्प नराखी घेर्छ तब हामी पछुताउछौ र भन्छौं – ”
मैले समयमा नै बाटो मोडेको भए ।”