Advertisement

अहिलेको विश्वमा हतियारले होइन, अर्थतन्त्रले देशको सुरक्षा गर्छ ।

२०७९ श्रावण ३०, सोमबार ११:५१
१५४
उद्धब बञ्जारा

विश्वको इतिहासमा केही महत्वपूर्ण तथ्यहरू भेटिन्छ्न् । थुप्रै राज्यहरू ठुलठुला प्राकृतिक प्रकोप र युद्धपछाडि विघटन भए । यस्ता राज्यहरूको उत्पादनमा आत्मनिर्भरता थिएन ।
चाणक्यले राज्यको कर प्रणाली र विकासमा कृषि उत्पादनको महत्व देखाएका छ्न् र खाद्यान्नमा परनिर्भरता राज्यको सुरक्षाको चुनौती हो भन्ने बताएका छ्न् ।
४६० इ. पू. काे चीनमा चीन राज्यका प्रमुख सल्लाहकार सांङ याङ्गले कृषिको सुधारबाट मात्र देशको सुरक्षा सम्भव हुन्छ भन्ने बताए र त्यहीअनुसार कानून बनाए । ३०० वर्ष लामो युद्धकालमा चुनौतीपूर्ण भूगोल भएको चीन राज्यले चीनको एकीकरण गर्यो।
लामो इतिहासमा नेपालले सामना गरेका चुनौतीहरू डरलाग्दा थिए । तर नेपाल मरेन । कारण, नेपाली जनता उत्पादनमा आत्मनिर्भर थिए । खान नपाएर मर्नु पर्ने समस्या थिएन । पहिलो विश्वयुद्धपछि नेपालमा अनिकाल आयो । कारण खेती भएन । नेपालका सबै युवा बेलायतले युद्धमा लग्यो र पानी पनि परेन । तर फेरि पनि नेपाली जनताले चुनौती सामना गरे कृषि उत्पादनकै माध्यमबाट ।
अहिले नेपाल खाद्यान्नमा परनिर्भर छ । जमिन बाँझो छ। अर्थतन्त्र विदेशी व्यापारीका हातमा छ । नेता माफियाको फाइदाका लागि काम गर्छन् । लोकतन्त्र भोटतन्त्रमा परिणत भएको छ । कृषि उत्पादन उन्मूलनको अवस्थामा छ । युवा उद्धमीहरूलाइ भ्रष्ट कर्मचारी तन्त्र डस्छ । शिक्षा ध्वस्त भएको छ । हाम्रो मौलिक खेती, बीउ, बिरुवा, पशुपंक्षी सबै उन्मूलन गरिएको छ । हाम्रो दिमाग स्युँडो वा त्रुटिपुर्ण ज्ञानले भरिएको छ । यस्तो अवस्थामा यदि विश्व अर्थव्यवस्था मन्दीको शिकार भयो भने नेपालको राष्ट्रियताले नै गम्भीर चुनौती भोग्नु पर्ने अवस्था छ । कारण, नेपाली जनताको अर्थतन्त्र उनिहरूको उत्पादनमा होइन, रेमिटेन्समा परनिर्भर छ। कृषि तहसनहस भएको हुनाले नेपाललाई अस्तित्व कायम राख्न कठीन हुन सक्छ । भविष्यमा आउने मन्दीबाट देशलाई जोगाउन तत्काल कृषि उत्पादनमा आमजनतालाई प्रेरित गर्नु आवश्यक छ । अहिलेको विश्वमा हतियारले होइन, अर्थतन्त्रले देशको सुरक्षा गर्छ । युवाहरूले यो बुझ्नु आवश्यक छ ।
Written By : Yubaraj Sangroula