Advertisement

पाउलोनिया

२०७९ श्रावण २९, आईतवार १२:०५
१३६
उद्धब बञ्जारा

पाउलोनिया
पाउलोनिया बिरुवाको मुख्य बिषेशताहरु
संसारको चाँडै हुर्कने रुख (२०(२६ मी. )
जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने
३ पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ एउटा पाउलोनियाको रुखले जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७(१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
गाइ बाख्रा लाई घाँस हुने
फुल फुल्ने हुनाले मौरी पालन गर्न सकिने
काठ बेच्न सकिने (एचभाबद जयगकभ, ागचलष्तगचभ,उबअपबनष्लन ,उथिधययम,नगष्तबच,दयबतक, कजष्उक, बष्चउबिलभ भतअ)
प्रत्यक ७(९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने (एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा )
एक चोटी रोपे पछी ८(१० चोटी सम्म काठ बेच्न मिल्ने (रुख काटे पछी तेसबाट नै ८(१० चोटी सम्म अर्को पालुवा पलाउँछ )आदी !
पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो । पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।
जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ।
समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८र१० बर्षमा रुख काट्न तयार हुन्छ ।
४र५ बर्षमै पनि काठ को रुपमा प्रयोग गर्न सकिने यो रुख १ बर्षमै २०र३० फीट अग्लो हुन्छ ।
वातावरण मैत्री यस बिरुवा रोपेपछी ७(१२पटक सम्म कटन सकिने ।
अग्लो र सुरिलो हुने रुख , जरा पनि सिधै तल जाने भएकाले छेउछेउमा अरु बिरुवा बेसार, तरकारी, अनार, आँप, लिची, भुईंकटहर, जडिबुटी ,अन्न बाली लगाउन सकिने ।
यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छायादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
बएस्क रुख बाट ३० देखी ४५ क्यु फीट काठ निकाल्न सकिने यो रुखमा एक सिजन फुल खेल्ने भएकाले मौरी पालनको पनि राम्रो सम्भावना रहेको छ ।
औषधीको गुण भएको पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ ।
यो बिरुवको पात गाइबस्तु, भेडाबाख्रा, वङ गुर , कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने ।
काठ बेच्न सकिने (-Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc_)
प्रत्यक ७ देखी ९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने श्रयसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ।पनि प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७(१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ जसकारण यो काठ को प्रयोगले आगो लागि को डर पनि कम हुन्छ ।
बाताबरण शुद्धिकरण र कार्बन बैंक
पाउलोनियाले अरु बोटको तुलनामा १० गुणा कारबन खपत गर्छ र सोही मात्रमा ओक्सीजन उत्सर्जन गर्छ ।
एउटा बयस्क पाउलोनियाको बोटले प्रती बर्ष २.१३ टन इहथनभल उत्सर्जन गर्छ र सोही मात्रमा ऋबचदयल खपत गर्छ ।
एउटा बयस्क पाउलोनियाको बोटले दिन ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनीको फोहोर र हानी कारक बायु शुद्धिकरण गर्दछ ।
अरु काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको बाल्दा फाइदा हुन्छ किनकी यसले धुवाँ निकाल्दैन ।
पाउलोनियाको दाउरा carbon mono oxide -0%_, Methane -0%_,SulphurOxide -0%_Nitruous Oxide -0%_Methane -0%_ According to research done by Winrock financial limited in 2004
पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
नेपालमा पाउलोनियाको सम्भावना
यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ । नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले पाउलोनिया खेती गर्दा सो क्षेत्रको उचित उपयोग हुने । साल सिसौउ जस्ता अरु काठको बिकल्पको रुपमा प्रयोग गर्न सकिने । बड्दो बिकाससँग काठ को तथा काठ जन्य सामग्रीको उपायोगिता बड्नु । यो बिरुवाको नमुना बाली सफल भएको । पहिरो जाने तथा खेती नगरि खाली रहेको जग्गा को राम्रो सदुपयोग हुने । दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने । वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन । छिटो फैलिने रुख भए पनि धेरै उपायोगिता हुने भएकोले, यो रुख कुनै पनि देशमा प्रतिबन्धित छैन ।
पाउलोनिया खेती प्रविधी
पाउलोनियाको वा समशितोष्ण भुभाग समुन्द्र सतहबाट २१०० मि० मा लगाउन सकिन्छ । नयाँ पालुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो हुर्कने हुन्छ ।
बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ(फाल्गुन अनुकुल रहेको छ ्रतर पनि उचित हेरचाह गरेमा र सिन्चाइ को बेवस्था गरे हिउद मा पनि यसलाई रोप्न सकिन्छ ।
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने । बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
लगाउने समय ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
भित्री बाली लगाउने हो भने ५ मिको फरक र नलगाउने हो भने ३ मि फरकमा रोप्नु पर्छ
१ रोपनी मा ४०(५०बिरुवा लगाउन मिल्ने
हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
गाठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हागाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हागा काट्ने गर्नु पर्दछ ।
वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।
पाउलोनियाको उपयोगिता
पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका , नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ । यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि खदिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन । यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै स् र्फिर्नचर तथा वाद्यवादक – झ्याल ,ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्के्टिङ आदि खेलौना तथा भवन – फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ब्ल्याक्बोर्ड, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ । यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
प्याकेजिङ – तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, ड्रेस्सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा प्याकहरु आदि पनि बनाउन सकिन्छ । ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायतका उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ । पाउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ । यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ।