Advertisement

विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

२०७९ श्रावण २४, मंगलवार २०:२३
१४४
उद्धब बञ्जारा

सिसडोल जाने बाटोमा फोहर ब्यवस्थापन गर्न राखिएका १४ वटा ट्रिपर र ३ वटा डोजर गए राती तोडफोड भएको छ। फोहोर व्यवस्थापन गर्न प्रयोग हुने सम्पूर्ण संरचना तोडफोड गराइएको छ। अपराधिक समूहलाई पक्राउ गरी कडा सजाय दिईनुपर्छ।हेर्नुहोस् यसरी तोडफोड भएका छन् फोहोर बोक्ने गाडी।फोहोर बोक्ने गाडी तोडफोड भएपछि बालेनले कडा प्रतिक्रिया दिएका छन्। काठमाण्डौको फोहोर बोकेर हिडेको गाडी बन्चरे डाँडामा तोडफोड गरिएको थियो। हिजो सोमबार राती १८ वटा गाडी तोडफोड गरिएको हो। अहिले ती सबै गाडी क्षतबिक्षत अवस्थामा रहेका छन्।
यसैबिच काठमाण्डौका मेयर बालेन शाहले ति तोडफोडमा संलग्न सबैलाई कडाभन्दा कडा कारवाही गरिने बताएका छन्।
पढ्नुहोस् बालेन शाहले दिएको प्रतिक्रिया।
फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।
यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।
कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।
केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।