कानमा जनै
२०७९ श्रावण २४, मंगलवार १६:०३
८७

कानको भित्री भागको nerve supply-भेगस नर्भले गरेको हुन्छ। त्यही नर्भले पूरै पाचन तंत्र तथा श्रोणी क्षेत्र (पेल्भिक रिजन) मा पनी सहकार्य गरेको हुन्छ । कानमा जनै वा धागो बाधेर दिसापिसाब गर्दा ती अंगहरु सक्रिय हुन्छन् र मलमुत्र त्याग सहज हुन्छ । त्यसकारण ती अंगहरुमा शिघ्र शिथिलता आउदैन । केटा मान्छेलाई प्रोस्टेडको समस्या आउने कारण यहि हो ।
हाम्रो सनातन संस्कृतिमा खाना खानुभन्दा पहिले कानभित्र पानीको छीटा हान्ने चलन पनि छ । जसले गर्दा भोक तीव्र हुन्छ, पाचन अंगहरू सक्रिय हुन्छन्, पाचन रसको स्राव हुन थाल्छ र पाचन क्रिया तीव्र हुन्छ । यी त केही सामान्य उदाहरणहरु मात्र हुन् । “बाहुन को ढोंग” भन्ने अन्य कुराहरूका पनि वैज्ञानिक व्याख्याहरू प्रशस्त छन् । लाखौं बर्षको वैदिक विज्ञानले गरेको अनुसंधान त्यसै बेकार त हैन रहेछ । अहिलेका बिज्ञानवादी तथा उच्च आधुनिकवादीहरु भर्खरै यी कुराहरू सिक्दै छन् ।