Advertisement

पुर्णिमाको ज्योती

२०७९ श्रावण २४, मंगलवार १५:५७
७०
उद्धब बञ्जारा

पुर्णिमाको ज्योती
———————-
एकजना मान्छे राती झुपडीमा बसेर एउटा सानो दियो जलाएर कुनै
शास्त्र पढिरहेका थिए । रात छिप्पिसकेको थियो । जब उ थाकेछ
तब उसले फुकेर दियोलाई निभाइदियो ।
तर उसले यो देखेर हैरान भयो कि जबसम्म दियो जलिरहेको थियो,
पुर्णिमाको चन्द्रमा बाहिर थियो , तर जब दियो निभायो तब
चन्द्रमाको किरणहरु कोठामा फैलिएछ । त्यो मान्छे ले यो सोचेर
धेरै हैरान भयो कि ” यति सानो दियो ले पुरै चन्द्रमालाई बाहिर
रोकेर राखेको थियो ” |
त्यसरी नै हामीले पनि आफ्नो जीवन मा अहंकार र घमण्ड को
सानो सानो दियो जलाएर राखेका छौ , जसको कारण ले खुशी,
प्रेमर आनन्द बाहिर को बाहिरै उभिएको हुन्छ, जबसम्म यी
कुराहरुलाई त्याग्दैनौ तबसम्म मन शान्त र आनन्दित हुदैन, जब
मन शान्त हुन्छ अनि मात्र खुशी र आनन्द को उपस्थित हुन्छ ।