आज विश्व आदिवासी जनजाति दिवस
२४ श्रावण, नागार्जुन ,काठमाडौँ।
आदि भनेको धेरै पुरानो । ऐतिहासिक समयदेखि कुनै ठाँउमा बसोबास गरी त्यस भूमिको माटोलाई खनजोत गरेर आफ्नो पुस्ता धानिरहेका हस्तकला ,भेषभुषा ,रीतिरिवाज लगायत मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ।
यस वर्षको लागि अन्तराष्ट्रिय आदिवासी दिवसको नारा the role of indigenous women in the preservation and transmission of traditional knowledge अर्थात परम्परागत ज्ञान र सीपहरुको सम्बर्दन र हस्तान्तरणका लागि आदिवासी महिलाहरु को भूमिका भन्ने छ।
२३ december १९९४ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले 9 August लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउँदै आइरहेको छ।
बहुजाति ,बहुधर्म, बहुसंस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भूभागमा आदिवासी समुदायहरूको बसोबास रहिआएको छ । आफ्नो मौलिकता, पहिचान, रीतिरिवाज, संस्कृतिहरुमा हाम्रो देशलाई विश्वसामु चिनाउनु आजको अपरिहार्य आवश्यकता हो। तर बिडम्बना के छ भने वर्तमान समयमा आफ्नो मौलिकता, पहिचान, रितिरिवाजलाई तिलांजली दिएर आयातित रितिरिवाजलाई बढी प्रोत्साहन गर्ने चलन बढ्दो क्रममा रहेकाले देश तथा आफ्नो मौलिकताका लागि पनि हामी सबै एकआपसमा सहमति, सहकार्य तथा सहअस्तित्वको साथ अगाडी बढ्दै आफ्नो पहिचानलाई विश्वसामु चिनाउन लाग्नुपर्ने देखिन्छ ।
विश्वआदिवासी जनजाति दिवसको शुभकामना।