
दमक नगरपालिका क्षेत्र भित्रकाे सडक व्यवस्थापन

दमक नगरपालिका क्षेत्र भित्रकाे सडक व्यवस्थापन, मर्मत- सम्भारका निम्ति दमक नगरप्रमुख राम थापा समेतको टाेलीकाेे राेड बाेर्डसँग आवश्यक सडक मर्मत तथा व्यवस्थापन सम्बन्धी गम्भीर छलफल भयाे।
साथै ।
राजधानी काठमाडौंकाे नयाँ बानेश्वरस्थित “नगर विकास काेष” सँगकाे सहकार्यमा दमक नगरपालिकाद्वारा दमक ७ दमक बजार लाइनबाट हाटखाेला छिर्ने बाटोकाे दक्षिण तर्फ (नमुना मार्ग देखि ठीक पुर्व तर्फ) निर्माण गर्न लागिएको “दमक मल” जसकाे निर्माण लागत अनुमानित ७० कराेड मध्ये दमक नगरपालिकाले ३०% तत्कालै व्यवस्थापन गर्ने र अनुमानित लागतकाे ७०% नगर विकास काेषले दमक नगरपालिकालाई सहुलियत ऋण प्रवाह गर्ने सहमति भएकाे छ।
साथै
दमक खानेपानी उपभोक्ता समितिको क्षेत्र भित्र बृहत खानेपानी विस्तार तथा ढल निकासका निम्ति नगर विकास काेषद्वारा सहुलियत ऋण सहायता स्वीकृत भएकाे छ। यस विषयमा दमक नगरपालिका तथा नगर विकास काेष बीच सम्झौता भएकाे छ।