Advertisement

यसैपालि सबैको कानमा घण्टी बज्नुपर्छ।

२०७९ श्रावण २३, सोमबार ०७:२२
१०९
उद्धब बञ्जारा

यसैपालि सबैको कानमा घण्टी बज्नुपर्छ।
हरेक मतको अर्थ खुल्नुपर्छ।
किनकि मतको शक्तिले यो देशलाई
५ वर्षमै सुशासनको राजमार्गमा डोर्याउनु छ।
भ्रष्टाचारले गलेको थितिलाई सत्कर्मले
ठड्याउनु छ।सिंहदरबार लाई
जनदरबार बनाउनु छ।
यो यात्रा परिवर्तनको हो ।
गाउँ-गाउँबाट, वस्ती-वस्तीबाट
आशा र शक्ति बोकेर देशको
मुहार फेर्ने यात्रा हो ।
सुदूर भविष्यको नक्सा कोर्ने यात्रा हो ।
काँधमा माटोको अभिभारा बोकेर
समृद्धिको बिज छर्ने यात्रा हो ।