
नागरिकता बिध्यक

बिवादित नागरिकता बिध्यक दुबै सदनबाट पास गरेपछी प्रमाणिकरणका लागि महामहिम राष्ट्रपति समक्ष पुगाईएकोछ ।
नागरिकता बिध्यक हाम्रो राष्ट्रको हितमा नभएको हुनाले महामहिम राष्ट्रपति ज्युले उक्त बिध्यकलाई सजिलै प्रमाणीकरण गर्न हुँदैन भन्ने बारेमा ध्यान आकृष्ट गराउने काम गर्ियकाे छ।
महामहिम राष्ट्रपति ज्युले पनि नागरिकता बिध्यक बारे आफुले गम्भीर रूपमा अध्यन गर्दै गरेको र देशको हित बिपरित हुनु हुँदैन भन्ने नै आफ्नो मत रहेको बताउनु भएकोछ ।
राष्ट्रपति संगको आजको भेटघाटमा निम्न ब्यक्तित्वहरु जानू भएको थियो ।
(१) निवर्तमान मधेश प्रमुख डा. राजेश अहिराज ।
(२) पुर्व अख्तियार आयुक्त सुर्यनाथ उपाध्याय ।
(३) संविधानबिद डा.सुरेन्द्र भन्डारी ।
(४) पुर्व प्रशाशक डा.द्वारिकानाथ ढुङ्गेल ।
(५) वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ ।
(६) वरिष्ठ पत्रकार धुर्वहरि अधिकारी
(७) पुर्व जर्नेल डा. प्रेम सिङ बस्न्यात ।
(८) वरिष्ठ अधिवक्ता धुर्वलाल श्रेष्ठ
(९) पत्रकार अनिल योगी ।
भेट्घाट पश्चात् महामहिम राष्ट्रपति भन्डारिले हामी सबैले राखेका बिचार सकारात्मक भएको बताउनु भएको थियो ।