Advertisement

घरमा वास्तु दोष छ भने निम्न कुराहरू हुन सक्छ ।

२०७९ श्रावण २३, सोमबार ०७:१५
६६
उद्धब बञ्जारा

घरमा वास्तु दोष छ भने निम्न कुराहरू हुन सक्छ ।
१. घरमा विवाद भैरहने , अशान्ति ।
२. वैवाहिक जीवनमा खटपट हुने ।
३. कमाएको बचाउन नसक्ने , ऋण उठाउन मुस्किल ।
४. काम सम्पन्न गर्न कठिन , बाधाहरू आउने ।
५. औषधि उपचारमा खर्च हुने ।
६. परिवारमा कसैन कसैलाई स्वस्थ समस्य देखिरहनु । परिवारको कसैले दिर्घकालिन समय सम्म औषधि खानु पर्ने,
८. घरमा नकारात्मक उर्जाको महशुस गर्नु ।
आदि ।
प्रकृतिमा पञ्चतत्व छन् जसमा जल, पृथ्वी, वायु, अग्नि र आकाश समावेश छन्। यिनीहरू बीचमा हुने प्रतिक्रियाले सबै जीवित प्राणीहरूमा प्रभाव पार्छ। वास्तुशास्त्रका अनुसार यस प्रक्रियाको प्रभाव हाम्रो कार्यसम्पादन, प्रकृति, भाग्य र जीवनका अन्य पक्षहरूमा पर्द छ । प्राकृतिक तत्वहरूलाई सन्तुलनमा राखेर बसोबास गर्ने भवन निर्माण गर्ने पद्दति वास्तुशास्त्र हो । भवनलाई बनाउने तरीका वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।
ग्रह र वास्तुको प्रभाव पर्दछ । ग्रहको प्रभाव नकारात्मक भए पूर्ण रूपमा राम्रो बनाउन सकिदैन तर थाहा पाएर सतर्कता अपनाउन सकिन्छ । वास्तुको प्रभाव कस्तो बनाउने सकारात्मक वा नकारात्मक त्यो तपाईं हाम्रो हातमा रहन्छ ।
वास्तुको प्रभाव राम्रो भए खराब ग्रह चल्दा पनि ग्रहको नकारात्मक प्रभाव कम रहन्छ ।