
म चाहि नेपालको झन्डामा छु।
२०७९ श्रावण २१, शनिबार ०६:३७
१११

३२ बर्ष भयो यि अनुहारलाई जिताएको। पन्चायतले ३० बर्ष देश चलाएको हो। त्यो बेला एक अमेरिकी डलर बराबर १० नेपाली रुपैयाँ थियो। नुन र तेल बाहेक सबै कुरामा देश आत्मनिर्भर थियो। यो व्यवस्था त जनताको , किसान, मजदुरको। यस्मा त नेपालको अर्थतन्त्र बलियो हुनुपर्ने। सबै दरबारले खायो भन्ने गरिन्थ्यो। अब पनि एउटा फोटो बोकेर पुजा गरिरहने हो भने नेपालको हालत दक्षिण सुडानको बराबर हुने पक्का छ । ३ बर्से बार्दली शासनकै खुट्टि देखेर पनि चाल नपाउने कस्तो अन्धविस्वास हो?देउवा-प्रचण्डको रास्ट्रघातको कुरा किन बिर्सेको? अरु सबैको हालत त्यस्तै छ । अब एक पटक रबि लामिछानेलाई पनि हेर्नुपर्छ । अरु सबैको हर्कत देखियो। यो व्यवस्थाले ३२ बर्षमा देश कहाँबाट कहाँ पुर्यायो, त्यो बुझेर मात्रै पार्टीको झण्डामा गर्व गर्नुहोला । म चाहि यो झन्डामा छु।