धरान ले दिएको सन्देश ।
२०७९ श्रावण १९, बिहीबार ०९:५७
१५४

धरान ले दिएको सन्देश ।
भ्रष्टाचार गर्न नपाएपछि ठेक्कापट्टामा कमिशन खान नपाएपछि अनियमितता गरेर आफ्ना आसेपासेलाई जागिर ख्वाउन नपाएपछि, सरकारी ढुकुटीबाट लाखौं रुपैयाँ खर्च गरेर भोजभतेर गर्न नपाएपछि, जनता र बिकास प्रेमी मेयर हर्क साङपाङको बिरुद्धमा नाराबाजी गर्नु कुनै नौलो कुरा भएन । अरू स्वतन्त्रबाट जितेका मेयरले के कती काम गरे थाहा छैन तर: धरानका मेयरले भने १०० मा १०० अंक प्राप्त गर्नेगरि काम गरिरहेका छन् । भ्रष्टाचार हुने ठाउँहरूमा तिब्र अनुगमन गर्ने देखी काममा ढिलासुस्ती गर्नेसम्मलाई मेयर साम्पाङ्ग ले कडा निगरानी गर्दै आईरहेका छन् आज भन्दा पहिला भएका अनियमितता को बिषयमा छानबिन गर्ने र दोषीलाई कडा कार्बाही गर्ने घोषणा पनि गरीसकेका छन् । अल्पकालीन नै सही खाने पानीको समस्या हल गरीसकेका छन् ADB को करिब ५४ करोड ऋण मिनाहा भएको खण्डमा धरानका जनतालाई सस्तो शुल्कमा पानी उपलब्ध गराउने घोषणा पनि गरिसकेका छन्, शिक्षा क्षेत्रलाई चुस्त र दुरुस्त ढंगले संचालन गर्न सबै स्कुलहरूलाई सुझाई स्कुल को उजुरी नगरपालिकासम्म आउनु भएन भनी उर्दि जारी गरीसकेका छन् । सरसफाइको कार्यमा धरान करीब करीब ब्यवस्थित भैसकेको अवस्था छ । काम गर्न इच्छाशक्ति भैदियो भने बर्षौं को समय लाग्दैन भन्ने प्रत्यक्ष उदाहरण हर्क राज राई ले प्रस्तुत गरेका छन् यही तरिका सबै जनप्रतिनिधिले अवलम्बन गर्ने हो भने नेपाल बिकशित मुलुकहरुमा गनिन धेरै बर्ष लाग्दैन । हर्क राज राई एउटा धरान को मात्र हैनन् देशकै उदाहरण हुन् देशले गर्व गर्नु पर्दछ ।