
नागपञ्चमीबारे संक्षिप्त प्रसङ्ग

नागपञ्चमीबारे संक्षिप्त प्रसङ्ग
श्रावण शुक्लपञ्चमीलाई नागपञ्चमी भनिन्छ। मुख्यतया नाग आठप्रकारका छन् । ´´अनन्ताे वासुकिः पद्माे महापद्मश्च तक्षकः। कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः।।“ १- अनन्त ,२- वाासुकि , ३- पद्म , ४- महापद्म ५- तक्षक , ६- कुलीर , ७-कर्कट र
८ – शङ्ख-समेत गरी आठ प्रकारका नाग हुन्छन्।पञ्चमी तिथिका अधिष्ठातृ देवता नाग भएका हुँदा त्यस दिन नाग पूजा गर्ने परम्परा चलेकाे हाे। यसविषयमा शास्त्रीय वचन छ– ´´पञ्चम्यां पूजयेन्नगाननन्ताद्यान् महाेरगगान् ।क्षीरं सर्पिस्तु नैवेद्यं देयं सर्वसुखावहम्।। “`देवीपुराण।
भविष्यपुराणकाे वचन यसप्रकार छ — ´´श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप। द्वारस्याेभयताे लेख्या गाेमयेन विषाेल्बणाः।। पूजयेद् विधिवद् वीर दधिदूर्वाङ्कुरैः कुशैः। गन्धपुष्पाेपहारैश्च ब्रह्मणानाञ्च तर्पणैः।। ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरःसराः। न तेषां सर्पताे वीर भयं भवति कुत्रचित्।। “
श्रावणशुक्ल पञ्चमीमा गाेबरका नाग बनाएर वा नागका चित्र लेखेर ढाेकाका दुबैतिर टाँस्ने शास्त्रीय विधान छ। नागहरू भगवान् महादेवका भूषणस्वरूप हुन् भन्ने विषयमा कालिका पुराणमा यसप्रकार वर्णित छ-
´´ वासुक्याद्याश्च ये सर्पा यथास्थानञ्च ते हरम्। भूषयाञ्चक्रुरुद्गम्य शिराेबाह्वादिषु द्रुतम्।।“
कुनै समयमा ब्रह्माबाट कुनै निमित्तबाट मृत्युहुने सङ्केत पाएर वसुकि आदि नागहरू मृत्युबाट बच्नकालागि मृत्युञ्य स्वरूप शिव र पार्वतीका विवाहमा शिवजीका हातमा ,शिरमा र घाँटीमा गहना स्वरूप भएर शिवका शरणमा परे। आफ्ना शरणागत नागलाई शिवजीले सधैँ गहनाका रूपमा धारण गरेर उनीहरूकाे रक्षा गर्नुभएकाे हुँदा नागकाे पूजा आराधना गर्दा शिवजी प्रसन्न हुनुहुन्छ।मुख्यतया नागहरू आठ प्रकारका मानिए पनि यिनीहरूका अतिरिक्त ऐरावत , धनञ्जय , कालिय , मणिनाग आपूरण , पिञ्जरक , एलापत्र , वामन , नील ,अनिल ,कम्बल, अश्वतर ,धृतराष्ट्र , कुण्डाेदर , महाेदर आदि थुप्रै नागका नामहरू भएकाे कुरा महाभारतमा उल्लेख छ । (महा०आदि० ३५ अध्याय)
यस दिन घरकाे मूल ढाेकाका दुबैतिर गाेबरले नाग टाँसेर त्यसमा कपास ,सुपारी , दूवाे , कुश चन्दन ,अक्षता, लावा ,अवीर , आखदिले पूजा गरी दूध, दही र घिउ आदिकासाथै विभिन्न नैवेद्य चढाउनुपर्छ।कतै कतै घिउकाे धारा लगाउने पनि चलन छ। साथै ब्राह्मणहरू लाई सिधा दक्षिणा र भाेजनहरू गराएर तृप्त गराउनु पर्दछ। यसबाट सर्पकाे भय नहुने , घरमा चट्याङ् नपर्ने र घरकाे सुरक्षा हुने विश्वास पनि गरिन्छ। नागकाे
पूजा गर्ने मन्त्र यसप्रकार छन्– ´´अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च। सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः।। मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।विद्युदग्निभयं नास्ति लिखित्वा गृहमण्डले।। सर्पापसर्प भद्रं ते गच्छ सर्प (दूरङ्गच्छ) महाविष। जनमेजयस्य यज्ञान्ते आस्तीकवचनं स्मर।। असितं चार्तिमन्तं च सुनीथं चापि यः स्मरेत्।दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं भवेत्।। यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः। भङ्गाे भवति वज्रस्य तत्र शूलस्य का कथा।। “
अनि मनसादेवीकाे पनि पूजा गरेर प्रार्थना गर्नुपर्दछ।
मन्त्र यसप्रकार छ–
´´ आस्तीकस्य मुनेः मातर्जगदानन्दकारिणि। एह्येहि मनसे देवि नागेश्वरि नमाे$स्तु ते।।“
(पाठान्तर-
नागमातर्नमाे Sस्तु ते । पनि पाइन्छ।) नाग स्थानमा वा पानीकाे मूल भएका स्थानमा पीठाकाे अथवा कपासकाे नागकाे आकार बनाएर नागपूजा गर्ने प्रचलन पनि छ। यसबाट पानीकाे स्राेत सुक्तैन ,भन्ने मान्यता छ। ॐ हरये नमः ।