
आदेश्वर सहयोग समाज को आयोजनामा रक्तदान कार्यक्रम

आज मिति २०७९ श्रावण १४गते नागार्जुन नगरपालिका वडा नम्बर५ स्थित आदेश्वर सहयोग समाज को आयोजना मा भएको रक्तदान जिबन दान भन्ने नारा सहित को रक्तदान कार्यक्रम आदेश्वर मन्दिर परिसर मा ५३जना रक्तदाता ज्यू हरू को सहभागीतामा सफलतापूबक सम्पन्न भयो। जसमा प्रमुख अतिथि को रूपमा नागार्जुन नगर प्रमुख श्री मोहन बहादुर बस्नेत ज्यू,बिशिष्ट अतिथि नागार्जुन नगर पालिका का प्रवक्ता तथा वडा न ५ का वडाअध्यक्ष श्री महेश रिमाल ज्यू,अतिथि हरू नागार्जुन नगर कार्यपालिका सदस्य रमेश बसेल ज्यू, बुद्ध माया पूतूवार ,कल्पना बसेल तथा वडा सदस्य केशव थापा, तथा वडा न ६ का पूर्व अध्यक्ष राजेन्द्र बूढाथोकी ज्यू को उपस्थिति भएको थियो। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएकोछ। कार्यक्रम सम्पन्न भएको मा क्लब का अध्यक्ष श्री सचित दूलाल ज्यू, सचिव श्री हरि शरण कार्की ज्यू ले सम्पूर्ण महानुभाव हरू तथा पदाधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नू भयो। सो कार्यक्रम मा केन्द्रीय रक्तसञ्चार केन्द्र बाट रचना पौडेल ज्यू को नेतृत्व मा तीन सदस्य टोली ले प्राविधिक सहयोग गर्नु भएको छ ा