बलामी स्पोर्टस सेन्टर, फुट्सल उद्घाटन

नागार्जुन नगरपालिका वडा नम्बर ५ सितापाइला शरणपुर हाइट मा बलामी स्पोर्टस सेन्टर नामको फुट्सल उद्घाटन कार्यक्रम २०७९ श्रावण १४गते प्रमुख अतिथी; नगर प्रमुख मोहन बाहादुर बस्नेत को आतिथ्यमा र जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकीको सभापतीत्व मा सम्पन्न भयो। सो कार्यक्रममा नागार्जुन नगरपालिका को वडा अध्यक्ष तथा सदस्यकाे पनि उपस्थिती थियो। सो कार्यक्रममा नगरका प्रमुख बस्नेतले “हाम्रो नागार्जुन , राम्रो नागार्जुन” नारालाई आत्मासाथ गरी यस नागार्जुन नगरपालिकामा हवाईट गुम्बा बाट छकडोल डाँडासम्म जिपलाइन बनाउने देखि पर्यटन तथा अन्य खेलकुद सम्बन्धि कामकाे बिकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो कार्यक्रममा 20 मिनेटको खेल पनि भएको थियो जसमा हिरा महर्जन र किशोर महर्जनले रेफ्रिकाे भूमिका निर्वाह गरेका थिए। यस बलामी स्पोर्टस सेन्टर को स्थापना गर्न बुद्धि बलामीको ठूलो भूमिका रहेको कुरा जानकारी मा अाएकाे छ।