Advertisement

नेपाली इतिहासकै सबैभन्दा कमजोर रास्टृयता,कमजोर राज्यसत्ता अहिले नेपालीले बेहोरीरहेका छन!

२०७९ श्रावण ७, शनिबार २१:०८
२८४
तीखोकलम

युरोपेली पुनर्जागरण को युगको प्रारम्भ संगै युरोपेलीहरुले साम्राज्यबादी निति अक्तियार गरे!यसै क्रममा अंग्रेज़हरु भारत प्रबेश गर्दा ब्यापारीक भेषमा आएका थिए! तत्कालीन भारतीय हरुको कमजोरीको फाइदा लिएर झन्डै दुई सताब्दी भारतलाई आफ्नो औपनिवेस बनाए ! हाम्रै अगाडि फिजिकरण ,सिक्किमिकरणको दृष्टान्त छ! रास्ट्र, रास्टृयता, सार्बभौमसत्ता कुनै सत्ता,पार्टी , स्वार्थ सङग जोडिएको हुदैन! यसको आफ्नै मुल्य र मान्यता हुन्छ ! नेपाली इतिहासकै सबैभन्दा कमजोर रास्टृयता,कमजोर राज्यसत्ता अहिले नेपालीले बेहोरीरहेका छन! कहिलेMCC, कहिले SPP, कहिले असमलग्न परराष्ट निति लाई लत्यायर युक्रेनको पक्षमा बोल्ने त कहिले देशलाई नै दृर्घकालिन अहित हुनेगरी नागरिकता समन्धी बिधेयक पास गरेर बर्तमान सरकारले देशलाई फिजीकरणको दिशामा अगाडि बढाउने काम गरेको छ! यो मात्र आफ्नो निहित सत्ता स्वार्थ र आगामी निर्वाचनको लागि बिदेशी प्रभुलाइ खुशी पारी आशीर्वाद लिने मनसाय बाट प्रेरित देखिन्छ ! तर सचेत नेपालीले यसलाई पारास्त पारौं !
हामी सचेत छौँ !!!
हामी गम्भीर छौ!!!
हामी हाम्रो सार्बभौमिकतालाइ जोगाउन सक्षम छौँ !!!✊✊✊✊