Advertisement

परिचय बिहिन परिचयपत्र !!!!

२०७९ असार ३०, बिहीबार १०:४८
१३८
तीखोकलम

परिचय बिहिन परिचयपत्र !!!!
👉️ पुरुषले ढाकाटोपी खोलेर फोटो खिच्नुपर्ने
👉️ महिलाले सिउदोको सिंदुर टीका धोएर, चुरा पोते मंगलसुत्र समेत फुकालेर खिच्नुपर्ने
👉️ आफ्नो मौलिक पहिचान खोली फुकाली धोइ पखाली छापिनुपर्ने केका लागि ?
👉️ मेसिनले पढ्न मिल्ने र डाटा ट्रान्सफर गर्न सकिने हुनुपर्ने ?
👉️ नेपालको राष्ट्रिय परिचयपत्र नेपाली भाषामा देवनागरी लिपीमा मात्र लेख्न नहुने, बिदेशी अंग्रेजी लिपीमा हुनुपर्ने ?
👉️ नेपाली मौलिकता लाई पुर्ण रूपमा निमिट्यान्न पार्नुपर्ने र मौलिक पहिचान बिहिन भएर परिचयपत्र बनाउनुपर्ने ?
नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै “एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने” उद्देश्यले सरकारले निकै महत्त्वकांक्षाका साथ ल्याएको राष्ट्रिय परिचयपत्रको वास्तविक रहस्य के हो ?
नेपाली नागरिकतालाई विस्थापित गर्नुपर्ने कारण किन आइपर्‍यो ? अथवा नेपाली नागरिकता हुदाहुदै त्यसैको समानान्तर कार्ड किन चाहियो ?
👉️ यो अभिलेख कहाँ पुर्याउन खोजिएको हो ?
👉️ “एउटै कार्डबाट सम्पुर्ण जानकारी उपलब्ध” कसलाई गराउन खोजेको हो ?
👉️ जानकारी खोज्ने मालिक/प्रभु को हुन् ?
राष्ट्रिय परिचयपत्र भित्रको मेसिन रिडेबल chips कहाँ कुन देशमा बनेको हो ? त्यो माइक्रो चीप लाई tracking गरेर भण्डारण गर्ने कहाँ कसले हो ? सो डाटा कसले कुन उद्देश्यका लागि प्रयोग गर्ने हो ?
👉️ सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट संगै उस्तै उस्तै उद्देश्य र उस्तै उस्तै स्वार्थ पुर्तिका लागि उस्तै डिजाइनमा एकैपटक यस्ता घातक कुराहरू किन जबर्जस्ती लाधिदैछ्न ?
👉️ विश्वभर “न्यु वर्ल्ड अर्डर” दिने प्रभु/मालिक को हुन् ?
👉️ “न्यु वर्ल्ड अर्डर” तथा एजेन्डा 21/2030 को मिसन के हो ?
नेपाली नागरिकतालाई बेकाम तुल्याउन र बिदेशी नागरिकलाई नेपाली नागरिक सरह बनाउन यो रास्ट्रीय परिचय पत्रको षडयन्त्र आएको हो अब नेपाली भुमीमा बिदेशी नागरिकको हैकम र बोलवाला चल्नेछ, नेपाली नागरिक निरीह बन्नेछ अब नेपाली आफ्नै भुमीमा अल्पमतमा पर्दै कालान्तरमा शरणार्थी बन्ने दिन नजिकिदै छ।
यहाँसम्मको खतरनाक रास्ट्रघाती षडयन्त्र हुँदा पनि कोहि नबोल्ने किन हो ? सामाजिक अभियान्ता, धिक्कारकर्मी, बुद्धिजीवी, समाजसेवीहरु खै बोलेको ? किन सबै चुपचाप ??
रास्ट्रघाती रास्ट्रीय परिचय पत्र खारेज गर!
हाम्रै बंशजमा आधारित नेपाली नागरिकताको रक्षा गर!!
✍️ गोपाल पाल्पाली आचार्य