
विश्वमा गोर्खा रेजिमेन्टको गौरवमय इतिहास

२८ आषाढ, नागार्जुन काठमाडौँ।
सन् १९८२ अघि बेलायत र अर्जेन्टिना बीच फकल्याण्ड टापु दुवैले आफ्नो भनी विवाद भयोे। लडाई भयो , लडाईमा अर्जेन्टिनाको सेनाले बेलायती सेनालाई टापुबाट भगाए। त्यसपछि बेलायतले एउटा यस्तो समाचार फैलायो कि विश्वमा खतरनाक गाेरखा रेजिमेन्ट ६००० (छ हजार) जना टापुमा आउँदैछ, उक्त सेना यति खतरनाक छ जसले मानिसको रगत पिउँछ भनी हल्ला फैलियो। अर्जेन्टिनाका सेनाहरु डराए तर ६०० (छ सय) मात्र गोरखा रेजिमेन्ट उक्त टापुमा गएका थिए। उक्त गोरखा रेजिमेन्ट बम पड्काउँदै करिब ७५ दिनमा उक्त टापु आफ्नो कब्जामा लिएका थिए। अर्जेन्टिनाका सेना भागेर गुफामा लुकेका थिए। गोरखा रेजिमेन्ट उक्त गुफामा पुग्दा अर्जेन्टिनाको सेनाले आत्मसमर्पण गरी don’t drink our blood भनेका थिए। यसरी उक्त टापु गोर्खा रेजिमेन्टले फेरि बेलायतलाई सुम्पिएको थियो । बेलायतले हारेको टापु गोरखा रेजिमेन्टले जितेर विश्वमा सबभन्दा खतरनाक सेनाको रुपमा पहिचान बनाएको छ।
संकलक = खगेन्द्र प्रसाद रिमाल (समाज शास्त्री)